काठमाडौं, १३ वैशाख । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले उपत्यकासहित मुख्य शहरहरुमा निषेधाज्ञा जारी गर्ने निर्णय लिने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिने भएको बुझिएको छ । आजै काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक समेत बस्दैछ । बैठकले निषेधाज्ञाको सिफारिश गर्ने बुझिएको छ । सिफारिशलगत्तै गृह मन्त्रालयकोतर्फबाट मन्त्रिपरिषदमा […]