नेपाल भलिबल संघको अध्यक्षमा मास्केपछि चन्दको उम्मेदवारी, यस्ता छन् प्रतिबद्धता

काठमाडौं : नेपाल भलिबल संघको अध्यक्ष पदमा संघका वर्तमान महासचिव जितेन्द्रबहादुर चन्दले उम्मेदवारी दिने घोषणा गरेका छन्। चन्दले आज पत्रकार सम्मेलन गर्दै भदौ २२ गते हुन गइरहेको नवौं चुनावी अधिवेशनबाट अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। यस्तै, निरोज मास्केले केहीदिन अघि पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेकी थिइन्। यसअघि इन्दिरा निरौलाले सामाजिक सञ्जालबाट अध्यक्षमा उम्मेदवारी दिने…

सम्बन्धित सामग्री

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा सुविन श्रेष्ठ

म्याग्दी। म्याग्दी उद्योग वाणिज्य संघको ३०औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनले सुविन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य, प्रथम उपाध्यक्षमा लीलाराम गौतम, द्वितीय उपाध्यक्षमा अमित बानियाँ र महासचिवमा नारायण जिसी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा मोतिलाल पौडेल, सहसचिवमा टेकप्रसाद सापकोटा र सहकोषाध्यक्षमा ताराप्रसाद आचार्य (बाबुराम) चयन भएका छन् । ३७ सदस्यीय कार्य समितिका अन्य सदस्य पनि सहमतिबाट टुंगो लागेको निर्वाचन मण्डलका अधिकृत यामबहादुर चोखालले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा जिल्लाका समग्र उद्योगी, व्यापारीको हकहितमा रचनात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कार्ययोजना बनाएर कृषि, पर्यटन, जलविद्युत्, जडिबुटी लगायतका क्षेत्रमा लगानी भित्त्याउन महासंघमार्फत निजी क्षेत्रलाई आकर्षित गरिने बताए । म्याग्दीमा लगानीको वातावरण बनाउन लगानी सम्मेलन गर्ने, अलपत्र पूर्वाधारलाई गति दिने, पूर्वाधारमैत्री वातावरण बनाउने र जिल्लाबाट हुने बसाइँसराइ रोकी व्यवसायीलाई चलायमान गराउन कार्यक्रम ल्याइने उनले बताए ।

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा सुविन श्रेष्ठ

म्याग्दी। म्याग्दी उद्योग वाणिज्य संघको ३०औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनले सुविन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य, प्रथम उपाध्यक्षमा लीलाराम गौतम, द्वितीय उपाध्यक्षमा अमित बानियाँ र महासचिवमा नारायण जिसी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा मोतिलाल पौडेल, सहसचिवमा टेकप्रसाद सापकोटा र सहकोषाध्यक्षमा ताराप्रसाद आचार्य (बाबुराम) चयन भएका छन् । ३७ सदस्यीय कार्य समितिका अन्य सदस्य पनि सहमतिबाट टुंगो लागेको निर्वाचन मण्डलका अधिकृत यामबहादुर चोखालले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा जिल्लाका समग्र उद्योगी, व्यापारीको हकहितमा रचनात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कार्ययोजना बनाएर कृषि, पर्यटन, जलविद्युत्, जडिबुटी लगायतका क्षेत्रमा लगानी भित्त्याउन महासंघमार्फत निजी क्षेत्रलाई आकर्षित गरिने बताए । म्याग्दीमा लगानीको वातावरण बनाउन लगानी सम्मेलन गर्ने, अलपत्र पूर्वाधारलाई गति दिने, पूर्वाधारमैत्री वातावरण बनाउने र जिल्लाबाट हुने बसाइँसराइ रोकी व्यवसायीलाई चलायमान गराउन कार्यक्रम ल्याइने उनले बताए ।

ललितपुर उवा संघको अध्यक्षमा विश्वराजको उम्मेदवारी

काठमाडौँ : ललितपुर उद्योग वाणिज्य संघको निर्वाचनमा विश्वराज बज्राचार्यले आगामी नेतृत्वका लागि आफूलाई अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। असोज १९ र २० गते ललितपुर उद्योग वाणिज्य संघको ४४औं साधारणसभा तथा निर्वाचन हुँदै छ। हाल  उनी ललितपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष हुन्।उनले संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दै आफू लगायत टिमलाई विगतमा शुरु भएका राम्रा कामलाई निरन्तरता दिने प्रतिबद्धता पनि उनले गरेका छन्।यसका लागि उनले आफ्नो टिमका अवधारणाका पारदर्शिता&sbquo

भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी

नेपाल भलिबल संघको आसन्न नवौँ चुनावी अधिवेशनका लागि संघका वर्तमान महासचिव जीतेन्द्रबहादुर चन्दले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् । यही भदौ २२ गते हुने उक्त अधिवेशनका लागि चन्दले आइतबार पत्रकार सम्मेलन गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले भलिबल खेलको विकासका लागि अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्ड हल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।नेपालको […]

भलिबल विकासका लागि निरोज मास्केका पाँच प्रतिबद्धता

१७ साउन, काठमाडौं । नेपाल भलिबल संघको भदौ २२ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी निरोज मास्केले ५ वटा प्रतिबद्धता सार्वजनिक गरेकी छिन् । वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेकी मास्केले मंगलबार एक कार्यक्रम गर्दै अध्यक्षमा उम्मेदवारीसहित प्रतिवद्धता सार्वजनिक गरेकी गरेकी हुन् । मास्केले २ वर्षअघि देखि नै उम्मेदवारी घोषणा गरेर निर्वाचनका लागि तयारी […]

मोरङ व्यापार संघको अध्यक्षमा नविन रिजाल, आजैबाट सम्हाले कार्यभार

माघ १३, विराटनगर । मुलुककै जेठो व्यापारिक तथा औद्योगिक संगठन मोरङ व्यापार संघको अध्यक्षमा नविन रिजाल सर्बसम्मत चयन भएका छन् ।  गत पुस २० गते भएको निर्वाचनमा कार्य समितिका लागि १६ सदस्य निर्विरोध निर्वाचित भएका थिए । ती १६ जना सदस्यहरुबाट रिजाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । उनलाई बिहीवार नै निबर्तमान अध्यक्ष प्रकाश मुन्दडाले पदभार ग्रहण गराएका छन् । १६ सदस्यीय समितिको बैठकले वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, वाणिज्यतर्फको उपाध्यक्षमा अनिलकुमार सारडा, उद्योगतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी र महासचिवमा अनिल शाहलाई निर्वाचित गरेको छ । संघको सचिवमा भने सञ्जय श्रेष्ठ र कोषाध्यक्षमा राजेश बगडिया चयन भएका छन् । संघको सदस्यहरुमा अमित सारडा, विनित सिंघानियाँ, मनिष मारु, श्याम राठी, सुशील सुराना, आशिष जाजू, दीपेश सुवेदी, देवाशिष गोल्छा, पवन राठी, चन्द्र भट्टराई रहेका छन् । यस्तै अध्यक्ष रिजालले अमित राठी र विवेक अग्रवालाई सदस्यमा मनोनित गरेका छन् । वस्तुगततर्फको संघको सदस्यहरुमा अरविन्द अग्रवाल र गोपाल अग्रवाल रहेका छन् । संघमा बन्दना जैन र ओमप्रकाश शर्मा भने आमन्त्रित सदस्य बनेका छन् । रिजाल यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । उनी ‘रिजालको’ ब्रान्डका पानीटङ्की, पाइप, एलपी ग्यास आदिका सञ्चालक हुन् । २००७ सालमा स्थापना गरिएको र नेपालकै पहिलो उद्योग वाणिज्य संघका रूपमा दाबी गरिएको व्यापार संघमा रिजाल ३३ औं कार्यसमितिका अध्यक्ष भएका हुन् । रिजालले दोहोर्‍याए पुरानै १७ बुँदे प्रतिबद्धता नवनिर्वाचित मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले १७ बुँद्धे प्रतिवद्धता पनि घोषणा गरेका छन् । जुन विगतदेखि नै सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी र तीनका संगठनहरुले उठाउदै आएका छन् । तर रिजालले कार्यान्वयन गराई छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीवार आयोजित पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रिजालले सरकारको पूँजीगत खर्च गराउन संघले दबाबमूलक कार्यक्रम गर्ने र मौद्रिक नीतिको स्वस्फूर्त कार्यान्वयनका लागि जोडदार पहल गरिने बताए । उनले तीव्र औद्योगीकरण लागि जोड दिंदै तरला अभाव, अस्थिर ब्याजदर, विद्युत् जस्ता जस्ता समस्या समाधानमा जोड दिने बताए । संघद्वारा संचालित ‘मेरो देश, मेरै उत्पादन’ अभियान अन्तर्गत व्यापार घाटा न्यूनीकरण तथा रोजगारी अभिवृद्धि योजना अगाडि बढाउने अध्यक्ष रिजालले बताए । विराटनगर नाका जोड्ने भारतको मीरगञ्ज पुलका समस्याहरू यथाशीघ्र निराकरण गर्न पहल गर्ने उनको भनाइ छ । उनले आफ्नो कार्यकालभरी औद्योगिक क्षेत्रको स्थापनाका लागि समन्वयात्मक भूमिका निर्वाह गरिने बताए ।  क्षेत्रीय विमानस्थल निर्माण लागि पहल गरिनुको साथै प्रदेश नं १ मा धार्मिक, मेडिकल एवम् खेलकूद पर्यटन तथा कृषि क्षेत्रको प्रवर्द्धनका लागि प्रदेश सरकारसँग पहल गर्ने उनले बताए । स्थानीय बजार प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम संघले सञ्चालन गर्ने तयारी गरिएको उनले सुनाए । स्टार्टअपको प्रवर्द्धनका लागि कार्यहरू अघि बढाउनुको साथै सीमा क्षेत्रसहित अन्तरराष्ट्रिय उद्योग वाणिज्य संघहरूसँग समन्वय गर्ने योजना रहेको पनि उनले बताए ।

महिला उद्यमी संघ चितवन अध्यक्षमा शर्मा

चितवन (अस) । महिला उद्यमी संघ नेपाल चितवनको अध्यक्षमा राजकुमारी शर्मा चयन भएकी छन् । संघको छैटौं साधारणसभा तथा दोस्रो अधिवेशनबाट शर्मा सर्वसम्मत निर्वाचित भएकी हुन् । संघले ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा श्वेता उपाध्याय, द्वितीय उपाध्यक्षमा बिनु लामा श्रेष्ठ, तृतीय उपाध्यक्षमा आरती प्रधान चयन भएका छन् । यस्तै, सचिवमा सरस्वती सिग्देल र कोषाध्यक्षमा तारा रसाइली चयन भएका छन् । सदस्यमा तीर्थना उप्रेती, बिना तिवारी, डा. पूजा कोइराला, नितु गुरुङ र सल्लाहकारमा कल्पना राजभण्डारी चयन भएका हुन्  ।  नवनिर्वाचित अध्यक्ष शर्माले विगतका बाँकी रहेका कामलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् । आफ्नो कार्यकालमा  महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम, चेतनामुलक कार्यक्रमलाई अगाडि बढाई उद्यममा आकर्षण गर्ने योजना ल्याइने उनले जानकारी दिइन् ।

‘ज्येष्ठ नागरिकको हक, हित र अधिकारका लागि सक्रिय रहने’

काठमाडौं, नेस । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले महासंघअन्तर्गत रहेका ७४ जिल्लामा स्थापित ज्येष्ठ नागरिक जिल्ला संघको स्तरोन्नति र वृत्ति विकासका लागि प्रतिबद्धता व्यक्त गरेको छ । हालै बुटवलको सम्पन्न आठौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका छत्र बहादुर प्रधानको नेतृत्वमा बसेको प्रथम बैठकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ज्येष्ठ नागरिकहरूको हक, हित र […]

नाडाका अध्यक्ष थापाद्वारा पदभार ग्रहण, पहिलो बैठकबाट तीन जनाको मनोनयन

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष ध्रुवबहादुर थापाले पदभार ग्रहण गरेका छन् । बुधबार नाडाकाे केन्द्रीय सचिवालय टेकुमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल समक्ष थापाले पद तथा गोपनीयताको सपथ लिएर पदभार ग्रहण गरेका हुन् । गत मंसिर २२ र २३ गते राजधानीमा सम्पन्न नाडाको ४५औँ साधारणसभा तथा संघको निर्वाचनले थापालाई अध्यक्षमा चयन गरेको थियो । अध्यक्ष थापाले नाडाको गरिमा उच्च हुने गरी आफ्नो कार्यसमितिले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा थापाले सम