नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष ध्रुवबहादुर थापाले पदभार ग्रहण गरेका छन् । बुधबार नाडाकाे केन्द्रीय सचिवालय टेकुमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल समक्ष थापाले पद तथा गोपनीयताको सपथ लिएर पदभार ग्रहण गरेका हुन् । गत मंसिर २२ र २३ गते राजधानीमा सम्पन्न नाडाको ४५औँ साधारणसभा तथा संघको निर्वाचनले थापालाई अध्यक्षमा चयन गरेको थियो । अध्यक्ष थापाले नाडाको गरिमा उच्च हुने गरी आफ्नो कार्यसमितिले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा थापाले सम