म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा सुविन श्रेष्ठ

म्याग्दी। म्याग्दी उद्योग वाणिज्य संघको ३०औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनले सुविन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य, प्रथम उपाध्यक्षमा लीलाराम गौतम, द्वितीय उपाध्यक्षमा अमित बानियाँ र महासचिवमा नारायण जिसी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा मोतिलाल पौडेल, सहसचिवमा टेकप्रसाद सापकोटा र सहकोषाध्यक्षमा ताराप्रसाद आचार्य (बाबुराम) चयन भएका छन् । ३७ सदस्यीय कार्य समितिका अन्य सदस्य पनि सहमतिबाट टुंगो लागेको निर्वाचन मण्डलका अधिकृत यामबहादुर चोखालले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा जिल्लाका समग्र उद्योगी, व्यापारीको हकहितमा रचनात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कार्ययोजना बनाएर कृषि, पर्यटन, जलविद्युत्, जडिबुटी लगायतका क्षेत्रमा लगानी भित्त्याउन महासंघमार्फत निजी क्षेत्रलाई आकर्षित गरिने बताए । म्याग्दीमा लगानीको वातावरण बनाउन लगानी सम्मेलन गर्ने, अलपत्र पूर्वाधारलाई गति दिने, पूर्वाधारमैत्री वातावरण बनाउने र जिल्लाबाट हुने बसाइँसराइ रोकी व्यवसायीलाई चलायमान गराउन कार्यक्रम ल्याइने उनले बताए ।

सम्बन्धित सामग्री

महिला उद्यमीलाई अचार बनाउने तालीम

म्याग्दी  । म्याग्दीको बेनीमा महिला उद्यमीलाई अचार बनाउने तालीम दिइएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिले महिला उद्यमीको आर्यआर्जन बढाउने उद्देश्यले उक्त तालीम सञ्चालन गरेका हुन् । ५ दिनसम्म चलेको तालीममा ८० जनाको सहभागिता थियो । तालीममा सहभागीलाई स्थानीय उत्पादनबाट अचारको परिकार बनाउन सिकाइएको थियो । लघुउद्यमी धनमाया रानाले अमला, कागती, गुन्द्रुक, भटमास, टुसो, मेथी, लप्सी  लगायतबाट अचारका परिकार बनाउन सहजीकरण गरेकी थिइन् । उनले तालीममा सिकेको शीपका आधारमा समय अनुसार उत्पादन हुने स्थानीय उत्पादनबाट अचार बनाएर आयआर्जन गर्न आग्रह गरिन् । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले पछिल्लो समय अचारको माग बढेको कारण अचार बनाउने तालीम आयोजना गरिएको बताए । उनले घरमा मौसमी र बेमौसमी रूपमा उत्पादन हुने वस्तुको स्वादिलो अचार बनाएर विक्री गर्न तालीमका सहभागीलाई आग्रह गरेका थिए । उनले उत्पादन भएका अचार लगायत अन्य उत्पादनको बजारीकरणका लागि  संघले ‘कोसेली घर’ सञ्चालन गर्न लागेको जानकारी दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कुविरकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष उत्तमबहादुर कर्माचार्य, पूर्वअध्यक्ष सुदर्शनकुमार श्रेष्ठ र पत्रकार घनश्याम खड्काले लघु उद्यममार्फत आफू, परिवार र समाजलाई आत्मनिर्भर बनाउन उद्यमशीलतामा सक्रिय हुन आग्रह गरेका थिए ।

ताकममा व्यवसाय दर्ता शिविर शुरू

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा सोमबारदेखि व्यवसाय दर्ता शिविर शुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको आयोजना, धवलागिरि गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरि बजार इकाइको समन्वयमा शिविर सञ्चालन गरिएको हो । शिविरको उद्घाटन गर्दै धवलागिरि गाउँपालिकाका प्रमुख थमसरा पुनले ग्रामीण भेगका नागरिकलाई आफ्नो पेसा, व्यवसाय दर्ता गरेर सञ्चालन […]