काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको नेतृत्वमा नेकपा एमाले-नेकपा एस निकट कानून व्यवसायी आएका छन् । देशभरका बार इकाईमध्ये सबैभन्दा बढी सदस्य रहेको पाटन उच्च अदालत बार एसोसियसनमा प्रगतिशील तथा पेसागत कानून व्यवसायी संगठन (पीपीएलए) र समाजवादी पेसागत कानून व्यवसायी संगठन (एसपीएलए) को संयुक्त प्यानलबाट अध्यक्ष अधिवक्ता शान्तिराम खतिवडाको प्यानलै विजयी भएको हो । […]