हिमपातपछि रोकिए निर्माण

दुई दिन लगातार परेको बाक्लो हिमपातका कारण उत्तरी हुम्लाका छ दर्जनभन्दा बढी विकासे योजनाका काम ठप्प भएका छन्। निर्माण कार्य भइरहेको स्थानमा हिउँ जमेका कारण काम गर्न नसकिने भएपछि योजनाको काम ठप्प भएको हो। नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले अत्यधिक हिमपातले गर्दा गाउँपालिकाद्वारा सञ्चालन भइरहेका एक दर्जनभन्दा बढी योजनाको काम ठप्प भएको जानकारी दिनुभयो।

सम्बन्धित सामग्री

हलिउड हड्तालले रोकिए ‘अवतार’, ग्लेडिएटर’ श्रृंखलाको छायांकन

काठमाडौं । कलाकार र लेखकको हड्तालका कारण ठूला हलिउड फिल्मको निर्माण रोकिएको छ । बीबीसीका अनुसार ‘अवतार’ र ‘ग्लेडिएटर’जस्ता ठूला फिल्मको निर्माण प्रभावित बनेको हो । यस महिनाको अन्त्यमा प्रदर्शनको तयारीमा रहेको डिज्नीको फिल्म ‘हन्टेड म्यानसन’को प्रिमियर रोकिएको छ । चर्चित निर्देशक क्रिस्टोफर नोलनले हड्ताल अवधिभर कुनै पनि फिल्म निर्माण नगर्ने बताएका छन् । कमिक […]

भेरी नदीमा समयमै पुल नबन्दा डोल्पा जान रोकिए सवारी

सुर्खेत : भेरी करिडोरअन्तर्गत जाजरकोट –डोल्पा सडक खण्डभित्र रहेको भेरी पुलमा अस्थायी पुल निर्माण गरी डोल्पा जाने सवारी साधनमा रोक लगाएको छ।यस सडक खण्डभित्र पर्ने नलगाड नगरपालिका–१२ तल्नुबगर र रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको बीचमा रहेको भेरी नदीमा अस्थायी पुल बनाउन  राखिएको होमपाइपले गर्दा पुल नदी तार्न रोक लगाएको हो।सडक डिभिजन चौरजहारीसँग समन्वय गरेरै नेपालगन्जदेखि सीधा निर्माण सामग्री ढुवानी गर्न बनाइएको उक्त पुलमा डोल्पा आउने सवारीसाधन आवागमन गर्न रोक लगाइएको छ। तर, रुकुम पश

विद्युत प्राधिकरणका कारण रोकिए एचआइडीसीएलका ३५ अर्बका दुईवटा आयोजना

काठमाडौं : विद्युत खरिद बिक्री सम्झौता (पीपीए) नहुँदा हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टेमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) कादुई आयोजना अलपत्र परेका छन्। अध्ययन सकेर निर्माणमा जान तयार अवस्थामा रहेका ७७.५ मेगावाटको घुन्साखोला र ७०.३४ मेगावाटको सिम्बुवा खोला जलविद्युतआयोजना पीपीए नभएकै कारण रोकिएका हुन्। पीपीए नहुँदा फाइनान्सियल क्लोजरलगायतको प्रक्रिया सुरु गर्न नसकिएको कम्पनीप्रमुख कार्यकारी अधिकृत (सीइओ) अर्जुन कुमार गौतमले बताए। उनका अनुसार पीपीएका लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिइएको छ। प्राधिकरणले कोटा सकिएको र हिउँदको मागनदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका आयोजनाहरुले पूरा नगर्ने भन्दै साढे तीन वर्षदेखि रोकेको छ। दुवै आयोजना आरओआरप्रकृतिका हुन्। जसका कारण पूर्व तयारी सकेर निर्माणमा जानुपर्ने आयोजनाको भविष्य नै अन्योलमा परेको छ। 'हामीले प्राधिकरणदेखि ऊर्जा मन्त्रालयसम्मै आग्रह गरिरहेका छौं। हाम्रा लागि मात्रै पीपीए खुलाउने कुरा भएन,' कम्पनीका एकअधिकारीले भने, 'मन्त्रालय पनि निरीह छ।' यी दुई आयोजना विकासका लागि करिब ३५ अर्ब रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ। घुन्साखोला एचआइडीसीएलको सहायक कम्पनी रेमिट हाइड्रो लिमिटेडमार्फत निर्माण गर्न लागेको छ भने सिम्बुवा रेमिट हाइड्रो लिमिटेडमार्फत सिम्बुवा खोला निर्माण गर्न लागिएको छ। एचआइडीसीएलले नेपालमा भित्रने रेमिट्यान्सको केही अंश प्रयोग गरेर निर्माण गर्नेगरिनयाँ अवधारणा बनाएर यो आयोजना निर्माण अघि बढाउन लागेको हो। रेमिट हाइड्रो २०१४ मा स्थापना गरेर अध्ययन सुरु गरिएको थियो। ८ वर्ष अध्ययनमै सीमित भएको छ। एचआइडीसीएलका एकइन्जिनियरले लगानीका लागि स्थापना भएको कम्पनीलाई आयोजना विकासको जिम्मेवारी दिन नहुने बताउँछन्। 'जुन कम्पनी जे उद्देश्यका लागि स्थापना भएको त्यही काम गर्नुपर्छ। हामी वित्तीय संस्था हौ। हामीलाई आयोजना विकासको जिम्मादिन हुँदैन,'उनले भने,' विद्युत उत्पादनका लागि स्थापना भएका कम्पनीलाई त्यस्तो जिम्मेवारी दिनुपर्छ।' घुन्साखोला जलविद्युत आयोजना घुन्साखोला जलविद्युत आयोजना ताप्लेजुङको घुन्सा खोलामा निर्माणको प्रस्ताव गरिएको छ। जसको विस्तृत अध्ययन प्रतिवेदन ( डीपीआर) र वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन (इआइए) रिपोर्ट तयार भएको छ। आयोजनाबाट वार्षिक सरदर ४५९ गिगावाट आवर विद्युत उत्पादन हुनेछ। यसको डिजाइन बहाव २१.२८ घनमिटर प्रतिसेकेण्ड छ। कुलहेड ग्रस हेड ४३२ मिटर छ। सम्भाव्यता अध्ययन अनुसार यो आयोजनाको सम्पूर्ण मुख्य संरचना घुन्सा खोलाको दायाँ किनारमा रहनेछन्। हेडवर्क्स फक्ताङलुङगाउँपालिकामा रहेको लामाटारमा प्रस्ताव गरिएको छ। ३२ मिटर लम्बाई र ६.७५ मिटर उचाइको बाँध निर्माण गरिनेछ। विद्युत उत्पादन भएपछि दायाँ किनारमा निर्माण गरिने २८.४ मिटर टेलरेसआउटलेट मार्फत पुन: घुन्सा-तमोर दोभान नजिकै पानी छाडिनेछ। ग्रस हेड ४३२ मिटर हुनेछ। आयोजनामा २८८ मिटर डाइभर्सन टनेल प्रस्ताव गरिएको छ। हेडरेस टनेल ४३१९ मिटर हुनेछ। चारवटा अडिट टनेल रहेका छन्।अण्डरग्राउण्ड पावर हाउस  हुनेछ। तीनवटा पेनस्टक पाइप रहेका छन्। ३५.७८ मिटरको दुईवटा र ३० मिटरको एउटा पेनस्टक रहनेछ। सिम्बुवा खोला जलविद्युत आयोजना सिम्बुवा जलविद्युत आयोजना ताप्लेजुङको सिम्बुवाखोलामा पहिचान भएको छ। आयोजना यसाङ, तामेवा, फक्ताङलुङमा निर्माणहुनेछ।  हेडवर्क्स यसाङ गाउँ नजिकै प्रस्ताव गरिएको छ। पावर हाउस तामेवा गाउँ नजिकै निर्माण हुनेछ। ४३९२.६९ मिटरको हेडरेस टनेल प्रस्ताव गरिएको छ। यो आयोजनामा पनि अण्डरग्राउण्ड पावर हाउस हुनेछ। ग्रस हेड ८८८.८६ मिटरहुनेछ। उत्पादित विद्युतलाई ३५.४४ किमीको १३२ केभी सिंगल सर्किटको प्रसारणलाइन निर्माण गरेर नेपाल विद्युत प्राधिकरणको ढुंगेसाँघु सवस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोड्ने योजना छ। आयोजना निर्माणका लागि २९ किमी पहुँचमार्ग निर्माण गर्नुपर्नेछ। निर्माण थालेको चार वर्षमा सक्ने योजना छ। यो आयोजनाकोअन्तिम चरणमा विस्तृत अध्ययन भइरहेको छ।

ध्वस्त बन्दै तौलिहवाको कृषि बैंकदेखि महिता जाने बाटो

कपिलवस्तुको तौलिहवाको कृषि बैंकदेखि महितासम्मको बाटो ध्वस्त बनेको छ। निर्माण कार्य बिचमै रोकिए पछि एक वर्ष बढीदेखि अलपत्र अवस्थामा रहेको सो बाटो ध्वस्त बनेको हो।...

हिमपातले रोकिए विकास योजना

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ मा पाखा ओराली लघुजलविद्युत्् आयोजनाको काम रोकिएको छ । हिमपातका कारण उक्त लघुजलविद्युत् आयोजनाको काम रोकिएको हो । माघभित्र सम्पन्न गरिसक्नुपर्ने उक्त विद्युत् आयोजनाको काम हिमपातका कारण पछि धकेलिने भएको छ । गत साता बाक्लो हिउँ परेपछि काम गर्न सिस्ने–१ मा गएका प्राविधिक कर्मचारी र कामदार सबै फिर्ता भएका छन् । हिउँ नपग्लिँदासम्म काम पुनः सुरु गर्न नसकिने वडाध्यक्ष मानबहादुर बुढाले बताए । सम्झौता भएको दुई वर्षभित्र अर्थात् गत आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसक्नुपर्ने उक्त विद्युत् आयोजनाको काम कोभिडका कारण सामान ढुवानी गर्न नसक्दा पछि धकेलिएको थियो । आगामी माघसम्मको म्याद थप गरेर काम अघि बढाए पनि अहिले हिमपातका कारण सबै कामकाज ठप्प भएको वडाध्यक्ष बुढाले बताए । विद्युत् आयोजनाका लागि पाखाओरालीमा पुर्‍याएको १२ क्विन्टल सिमेन्ट पनि नष्ट भएको वडाध्यक्ष बुढाले जानकारी दिए । उनका अनुसार हिउँले पर्खालमा पनि क्षति पुगेको छ । देउखोलाबाट प्रतिखेप दुई दिन लगाएर खच्चडमार्फत ढुवानी गरिएको सिमेन्ट नष्ट हुँदा समस्या भएको छ । श्रमदानसहित ३ करोड ७७ लाखको लागतमा निर्माण हुन लागेको विद्युत् आयोजनाको अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ । रासस

लेतेखोलामा मोटर चल्ने पुल निर्माण

मुस्ताङ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ स्थित लेतेखोलामा मोटर चल्ने पक्की पुल निर्माण गरिएको छ । उक्त सडक आयोजनाले लेतेखोलामा ४० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । पुल निर्माणका लागि २०७५ भदौमा ६ करोड २० लाखमा गजुरमुखी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।      आयोजनाका व्यवस्थापक नरेन्द्र न्यौपानेले निर्माण गरिएको पुल यातायात सञ्चालनका लागि योग्य भएको जानकारी दिए । ‘छेउमा रेलिङ राख्ने र रङरोगन गर्ने काम हिमपातले रोकिए पनि गाडी चलाउन सकिन्छ,’ उनले भने, ‘पहुँचमार्ग र पुलको संरचनाको निर्माण सकिएको छ । बाँकी काम सकेर हस्तान्तरणको तयारीमा छौं ।’ लेतेखोलामा हाल अस्थायी बेलिब्रिजबाट यातायात सञ्चालन हुँदै आएको छ । पक्की पुल निर्माण भएसँगै लेतेखोलाको बेलिब्रिज अन्यत्र स्थानान्तरण गर्ने तयारी भएको आयोजनाले बताएको छ ।       एक सय छयासी किलोमिटर दूरीको बेनी –जोमसोम–कोरला सडकमा लेतेखोलासहित नौओटा मोटरेबल पुल निर्माण गरिएको र बाह्रओटा पुल निर्माणाधीन अवस्थामा रहेको आयोजना प्रमुख जगत प्रजापतिले बताए । रासस

हुलाकी सडकको सुदूरपश्चिम खण्ड निर्माण सुस्त

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा साढे चार वर्ष अघिदेखि विभिन्न प्याकेजमा हुलाकी सडक निर्माण भइरहे पनि कामले गति लिन सकेको छैन । कञ्चनपुरमा पूर्वी डोकेबजारदेखि यहाँको दक्षिण क्षेत्र हुँदै वेदकोट नगरपालिकाको दैजीसम्म निर्माण हुने ६२ किलोमिटर हुलाकी सडकको निर्माणको म्याद चार पटक थपिँदा मुश्किलले ५० प्रतिशत काम सम्पन्न भएको छ । २०७३ फागुनमा एक अर्ब २० करोड लागतमा तीन प्याकेजको हुलाकी सडक निर्माणको काम थालिए पनि अझै ३० किलोमिटर सडक निर्माण हुन बाँकी छ । पहिलो प्याकेजको डोकेबजार क्षेत्रमा दुई किलोमिटर, दोस्रो प्याकेजको पचुई क्षेत्रमा एक हजार ६०० मिटर तथा शुक्लाफाँटा निकुञ्ज र कलकत्ता क्षेत्रमा गरी ३० किलोमिटर कालोपत्र गर्न बाँकी रहेको बताइएको छ । ३० महिनामा काम सक्नेगरी तीनओटा निर्माण कम्पनीले निर्माण थाले पनि दुईपटक कोरोना भाइरस संक्रमण जोखिमका कारण निर्माण प्रभावित भएको हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इञ्जिनीयर पद्मबहादुर मडैले बताए । ‘तीनओटै प्याकेजलाई आगामी चैत महिनासम्मको समयावधि दिइएको छ,’ उनले भने, ‘विविध कारण आइलाग्दा निर्माणमा ढिलाइ भयो ।’ यहाँको पुनर्वास र बेलौरीदेखि बेलडाँडीसम्मका स्थानीयवासीलाई प्रदेशको अस्थायी राजधानी धनगढी र सदरमुकाम महेन्द्रनगरसित आवागमन सहज हुने हुलाकी सडक भएको स्थानीयवासीको भनाइ छ । सो सडक निर्माणमा गति दिन पटक÷पटक स्थानीयवासीले पनि दबाब दिँदै आएका छन् । त्यसैगरी कैलालीमा पनि सातवटा प्याकेजमा हुलाकी सडक निर्माणको काम भइरहेको छ । लम्की–टीकापुर खण्डको पहिलो प्याकेज बाहेक अन्यत्रको काममा भने ढिलासुस्ती देखिएको छ । लम्की–टीकापुर साढे २७ किलोमिटर सडक निर्माण तीनवटा प्याकेजमा विभाजन गरिएको छ । पहिलो आठ किलोमिटर सडकको ४० प्रतिशत काम सम्पन्न भइसकेको हुलाकी राजमार्ग योजना कार्यालयले बताएको छ । उक्त खण्डको दोस्रो र तेस्रो प्याकेजमा २० प्रतिशत भौतिक प्रगति भएको उनको भनाइ छ । त्यसैगरी धनगढी–भजनी र सत्ती ३१ किलोमिटर सडक पनि तीनवटा प्याकेजमा ठेक्का गरेर काम अघि बढेको छ । उनले ककनीबाट कान्द्रा नदीसम्मको १८ किलोमिटर सडक निर्माणको जिम्मा २०७३ फागुनमै दिएको भए पनि उक्त सडक निर्माणमा ढिलाइ भइरहेको बताए । ‘त्यो खण्डमा करीब दुई किलोमिटर रुख कटानमा समस्या आउँदा केही समय रोकिए पनि अहिले सुचारु भइसकेको छ,’ उनले भने, ‘मोहना पुलदेखि क्याम्पस रोडसम्मको साढे ६ किलोमटर खण्डको कालोपत्र अन्तिम चरणमा पुगेको छ ।’ रासस

निषेधाज्ञामा पूर्वाधार निर्माणको काम रोकिए आर्थिक समस्या

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले निषेधाज्ञामा पूर्वाधार निर्माणको काम रोकिए आर्थिक समस्या पर्ने बताएको छ। गतवर्षको निषेधाज्ञा र लकडाउनका कारण म्याद सकिएका आयोजना पुरा हुन सकेका छैनन्। यसपटकको निषेधाज्ञामा यस क्षेत्र बन्द भएमा थप आर्थिक समस्या पर्ने महासंघले बताएको छ। त्यसैले निषेधाज्ञाको समयमा पनि पूर्वाधार निर्माणका गतिविधिलाई निरन्तरता दिनुपर्ने बताइएको छ।

हनुमन्ते करिडोर निर्माण रोकिए  दुई अर्ब फिर्ता हुने

काठमाडौं :  हनुमन्ते करिडोरको निर्माण पुनः सुचारु भएको छ। हनुमन्ते खोला आसपासका बस्तीमा हुने डुबान रोक्ने, लोकन्थली–कोटेश्वरमा सडकमा दैनिक हुने जाम हटाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुरमा सञ्चालित हनुमन्ते करिडोर निर्माण पुनः सुचारु भएको हो। अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिले शुरु गरेको हनुमन्ते करिडोर निर्माणको क्रममा मापदण्डभित्र रहेका संरचना हटाउन अटेर गर्ने र जग्गा विवादका कारण बेलाबेलामा रोकिँदै आएको करिडोर निर्माण सम्बन

बजेट अभावले चीनमै रोकिए २५ वटा विद्युतीय बस

काठमान्डाैं / चीनमा तयार भएका २५ वटा विद्युतीय बस आर्थिक अभावका कारण नेपाल ल्याउन सकिएको छैन । सुन्दर यातायातले दुई वर्षअघि निर्माण गर्न लगाएको २५ वटा बसको भुक्तानी गरिसेकेको छ तर भन्सार कर बुुझाउन आवश्यक रकमको जोहो गर्न नसकेपछि बसहरू चीनमै रोकिएका छन् । करिब ६ महिनाको बन्दाबन्दीले योजनाअनुसार काम गर्न नपाएपछि आर्थिक समस्या हुन... The post बजेट अभावले चीनमै रोकिए २५ वटा विद्युतीय बस appeared first on Purbeli News.