काठमाण्डौ – तीव्र गतिमा गाडी चलाउने चालकले अब अनिवार्यरूपमा ट्राफिक सचेतना कक्षा लिनुपर्ने भएको छ ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज शुक्रवार पत्रकार सम्मेलन गरी आउँदो मङ्सिर १५ गतेदेखि तीव्र गतिमा गाडी चलाउने चालकले अनिवार्यरूपमा एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले तीव्र गतिमा गाडी चलाउने चालकलाई ट्राफिक नियमअनुसार कारबाही गर्दै एक घण्टाको सचेतना कक्षा लिएपछि मात्र छोडिने जानकारी दिनुभयो । &l...