आदेश उल्लङ्घन गर्ने ६०० लाई ‘होल्ड’

कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्ने ६०० भन्दा बढीलाई आज बिहानै प्रहरीले ‘होल्ड’ गरेर सचेतना कक्षा दिएको छ । पक्राउ गरेर राख्दा झन् जोखिम बढ्ने भएकाले शनिबारदेखि प्रहरीले उल्लङ्घनकर्तालाई जहाँ भेटिन्छ त्यहाँ केही घण्टा होल्ड (रोकेर राख्ने) र सचेतना दिएर जहाँबाट आएको हो त्यतै फर्काउन थालेको हो ।

सम्बन्धित सामग्री

साउदीमा श्रम कानुन उल्लङ्घन गर्ने ९ कामदारको लाइसेन्स रद्द

दोहा – नेपाली कामदारको प्रमुख श्रम गन्तव्य रहेको साउदी अरबमा श्रम कानुन उल्लङ्घन गर्ने ९ कामदार भर्ती कार्यालयको लाइसेन्स रद्द गरेको छ । साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले ९ भर्ती कार्यालयको लाइसेन्स फिर्ता लिन र अन्य १७ कार्यालयका गतिविधि दुई महिनाका लागि स्थगित गर्न आदेश जारी गरेको हो । जुन र जुलाईमा भएको […]

अनलाइन मिडिया नियमनका लागि प्रेस काउन्सिलको पक्षमा उच्च अदालतको आदेश

उच्च अदालत पाटनले अनलाइन मिडिया नियमनका लागि प्रेस काउन्सिल नेपालको पक्षमा सोमबार आदेश जारी गरेको छ । काउन्सिलको नियमनमाथि चुनौती दिई एक अनलाइनले दायर गरेको रिट निवेदनको सुनुवाइपछि अदालतले काउन्सिललाई बलियो बनाउने गरी आदेश दिएको हो ।जथाभावी विषयवस्तु दिई पाठकमा भ्रम पैदा गरेको, काउन्सिलको निर्देशन अवज्ञा गर्दै आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाल आज डटकमलाई कालोसूचीमा राख्दै सूचीकरणबाट समेत हटाउने निर्णयविरुद्ध रिट दायर भएको थियो । उक्त रिटमा काउन्सिलको निर्णय रोक्न अन्तरिम आदेश माग गरिएको थियो

श्रीलङ्कामा कर्फ्यु उल्लङ्घन गर्नेमाथि गोली चलाउन आदेश

काठमाडौँ। श्रीलङ्कामा निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइदिएपछि पुरै देशमा कर्फ्यु जारी गरिएको छ । कर्फ्यु उल्लङ्घन गर्नेहरूलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ । आर्थिक सङ्कटका कारण श्रीलङ्काका नागरिकहरूले सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन् । सोमबारको यही प्रदर्शनमा एक जना सत्तारुढ दलका सांसदसहित पाँच जनाको मृत्यु भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले पदबाट […]

काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’

कोभिड–१९ को सम्भावित तेस्रो लहर (बढ्दो संक्रमण)लाई रोक्न काठमाडौं उपत्यकाका तीनवटै प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर)ले मंगलबार १८ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छन् ।तीनवटै प्रशासन कार्यालयका प्रमुख तथा सुरक्षा अधिकारीको मंगलबार बसेको बैठकले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरेको हो । आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनीसमेत दिइएको छ । […]

कोरोना रोकथामका लागि उपत्यका प्रशासनद्वारा १८ बुँदे आदेश जारी

कोभिड–१९ को सम्भावित तेस्रो लहर (बढ्दो सङ्क्रमण)लाई रोक्न काठमाडौँ उपत्यकाका तीनवटै प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर)ले आज १८ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छन् ।      तीनवटै प्रशासन कार्यालयका प्रमुख तथा सुरक्षा अधिकारीको आज बसेको बैठकले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरेको हो । आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनीसमेत दिइएको छ । कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सि...

आदेश जारी गर्ने अधिकारीबाटै निषेधाज्ञा उल्लङ्घन

राम धामी, डडेल्धुरा । डडेल्धुरा जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे आफैं भीडभाडका कार्यक्रममा सहभागी भएर निषेधाज्ञा उल्लङ्घन गर्न थाल्नुभएको छ । कोरोना भाइरस महामारी संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरेको छ । गत वैशाख १६ गतेदेखि डडेल्धुरामा निषेधाज्ञा जारी छ । […]

निषेधाज्ञाको उल्लङ्घन गर्ने क्रम अझै रोकिएन

विश्वव्यापी महामारी फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको उल्लङ्घन गर्ने क्रम अझै रोकिन सकेको छैन । सङ्क्रमण दर बढ्दो क्रममा रहेको र दैनिक झण्डै २०० को हाराहारीमा मानिसको मृत्यु भएरहेको विवरण सार्वजनिक हुँदासमेत लापरवाही गर्दै उल्लङ्घनको क्रम कायमै छ ।  आज मात्रै मुलुकभर यसरी आदेश नमानी हिँड्ने चार हजार ८५९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तीमध्ये एक हजार ४९७ गाडी र तीन हजार ३६२ मोटरसाइकल छ । यस्तै मास्क नलगाई हिँड्ने क्रमसमेत रोकिन सकेको छैन । नयाँ भेरियन्टसहित कोभिड&ndash...

कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न जारी गरेको आदेश पालना गर्न अपिल

वैशाख ८, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न जारी गरेको आदेश पालना गर्न अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दैनिक सङ्क्रमण बढिरहेकाले आदेश पालना गर्न आग्रह गरेका हुन् । उनले आदेश उल्लङ्घन गर्नेलाई कारवाही गर्नेसमेत बताएका छन् ।            यही वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको थियो । ‘आदेशको उल्लङ्घन हुने गरी कुनै पनि शैक्षिक संस्था, सार्वजनिक निकाय, निजी निकायले सञ्चालन गर्ने गराउने धार्मिक, सांस्कृतिक कार्य गर्न गराउनेउपर अनुगमन बढाउन र नियमानुसार कारवाही गर्न गराउन सबैमा अपिल छ’, उनले जारी गरेको अपिलमा भनिएको छ ।          आदेशको उल्लङ्घन हुने गरी भएका गतिविधिका कारण सङ्क्रमण हुन गएमा सङ्क्रमितको परीक्षण, उपचार सम्बन्धित संस्था वा व्यक्तिले स्वयं आफैंले आफ्नो खर्च गर्नुपर्ने अपिलमा उल्लेख गरिएको छ । सहप्रवक्ता डा अधिकारीले सरकारले जारी गरेको आदेशको उल्लङ्घन गरी सार्वजनिक निकाय तथा निजी संस्थास्थलमा सङ्क्रमण फैलिने खालका गतिविधि भइरहँदा अवस्था अझ खराब हुँदै जाने बताए । बुधवार २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । रासस