बन्दाबन्दी उल्लङ्घन गरेको अभियोगमा शुक्रबार काठमाडौँ उपत्यकामा ३२५ जना महिलासहित एक हजार ४१४ जनालाई कारबाही गरिएको छ । कारबाहीमा परेका सबैलाई तीन घण्टा सचेतना कक्षा सञ्चालन गरिएको थियो । महानगरीय प्रहरी कार्यालयका अनुसार ३८० सवारी नियन्त्रणमा परेका छन् ।