आज मोती जयन्ती । तिथिअनुसार मोतीराम भट्टको जन्मदिन अर्थात् नेपालकै दरबारबाट पनि उपेक्षित रहेको नेपाली गीत, गजल, नाटकलाई नेपाल र नेपालीमाझ स्थापित गराउने व्यक्तित्वको सम्झने दिन । तत्कालीन समयमा नेपालकै दरबारभित्र हिन्दी, उर्दूका नाटकहरूको बोलबाला हुँदा नेपाली भाषामा शकुन्तला, प्रियदर्शिका र पद्मावती जस्ता नेपाली नाटक मोतीरामले लेखेका थिए । उनकै प्रयासले दरबारभित्र नेपाली भाषाको नाटकले प्रवेश पाएको देखिन्छ । मोतीरामकै प्रयासबाट नेपालीमा गजल लेखन प्रारम्भ भयो ।विसं १९२३ कुशेऔँसीका दिन (भदौ २५