काठमाडाैँ- रसुवाको नौकुण्ड गाउँपालिका-५ भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुईजना घाइते भएका छन्। स्थानीय कामी सिङ गोलेको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा पड्किएको हो। सिलिन्डर पड्किँदा उनकी ५० वर्षीया श्रीमती गोमा गोले पनि घाइते भएकी छन्। घरमा आगलागीसमेत भएको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।