भक्तपुरको एक खाजा घरमा खाना पकाउने ग्यास सिलिन्डर पड्कँदा ६ जना घाइते

काठमाडौँः भक्तपुरमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा ६ जना घाइते भएका छन्। आइतबार साँझ भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ५ सृजनानगरस्थित शिवलाल कस्पालको चार तले पक्की घरमा सिलिन्डर पड्किएपछि आगलागी भएको हो। घरको पहिलो तलामा रहेको भीमेश्वर मम एन्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा सिलिन्डर पड्किएको महानगरीय प्रहरी परिसर…