प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सम्बन्धित सामग्री

आइएमई र प्रुडेन्सियल कम्पनीको एकीकृत कारोबार सुरु

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आइएमई जनरल प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको छ । दुई कम्पनीबीच मर्जर भएपछि बनेको कम्पनीको अध्यक्षको रूपमा हेमराज ढकालले शपथ लिएका छन् । यी दुई कम्पनीले गत माघ २९ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । दुवै कम्पनीले चैत २२ गते विशेष साधारणसभा आह्वान गरेर मर्जरको प्रस्ताव […]

प्रुडेन्सियल इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

काठमाडौं । प्रुडेन्सियल इन्स्योेरेन्स कम्पनीको विशेष साधारणसभा बुधवार बाराको सिमरामा सम्पन्न भएको छ । प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स गाभ्ने/गाभिने (मर्जर)सम्बन्धी अन्तिम सम्झौता भई सोही बमोजिम विशेष साधारणसभा बोलाइएको बताइएको छ । मर्जमा शेयर अनुपात १:१ कायम गरिने बताइएको छ । दुवै कम्पनी गाभिएपश्चात् बन्ने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ र चुक्तापूँजी ३ अर्ब २ करोड रुपैयाँ हुने जानकारी दिइएको छ । मर्जरपछि शाखा सञ्जाल ८४, कर्मचारी संख्या ५१७ हुने र व्यवसाय करीब ४ अर्ब रुपैयाँको रहनेछ ।

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित

निर्जीवन बिमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सो साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको २१औं वार्षिक साधारणसभाबाट ३.३२५ प्रतिशत बोनस सेयर र ०.१७५ प्रतिशत कर प्रयोजनार्थ नगद […]

प्रुडेन्सियल इन्स्योरेन्सको ३.५ प्रतिशत लाभांश पारित

काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको एक्काईसौं वार्षिक साधारणसभा बिहीवार वीरगञ्जमा सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । सभाबाट ३ दशमलव ३२५५ बोनस शेयर र शून्य दशमलव १७५ नगद लाभांश (कर प्रयोजनार्थ) दिने प्रस्ताव पारित गरिएको छ । बोनस शेयर शेयरपपछि कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १३४ पुग्नेछ । हाल यो १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८१९ रुपैयाँ रहेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बीसौं वार्षिक साधारण सभा वीरगञ्जको पर्सामा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७÷७८को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको साधारण सभाबाट ७प्रतिशत वोनस शेयर र ० दशमलव ३६८ […]

प्रुडेन्सियल इन्स्योरेन्सको बीसौं वार्षिक साधारणसभा सम्पन्न

निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौं वार्षिक साधारण सभा आइतबार पर्साको दियालो लर्डस प्लाजामा सम्पन्न भएको  छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको बीसौं वार्षिक साधारण सभाबाट ७५ बोनस शेयर र ०.३६८ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ । साविक १ अर

प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा असार ६ गते

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको स्थगित साधारणसभा असार ६ गते हुने भएको छ । कम्पनीले जेठ २ गते आइतबार बाराको सिमरा स्थित होटेल इच्छामा आह्वान गरेको साधारणसभा निषेधाज्ञाको कारण अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको थियो । सोही सभा अब असार ६ गते सोहि स्थानमा हुने जनाएको छ । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने […]

प्रुडेन्सियल इन्स्योरेन्स : कम्पनी विश्लेषण (बिहीवार, १३ जेठ २०७८)

कम्पनीले ८ दशमलव ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि जेठ २ गते गर्ने भनिएको वार्षिक साधारणसभा हाललाई स्थगित गरिएको छ । यस वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख १९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा वैशाख १६ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । चालू आर्थिक वर्षको ९ महिनासम्म प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षभन्दा साढे ४० प्रतिशतभन्दा बढी रु. १२ करोड ७३ लाख ११ हजार खुद नाफा गरेको छ । ६० प्रतिशत हकप्रद शेयरमार्फत पुँजी वृद्धि गरी रु. १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुगेको छ । कम्पनीको जगेडा कोष रकम पनि यस वर्ष १४ प्रतिशतभन्दा बढी रु. २६ करोड १४ लाख ५१ हजार कायम भएको छ । यस वर्ष कम्पनीले रु. १ अर्ब ५ करोड ६८ लाख ७५ हजार कुल बीमाशुल्क आर्जन गरेको छ भने रु. ४८ करोड ४५ लाख ५९ हजार कुल दाबी भुक्तानी गरेको छ । पछिल्लो कारोबार दिन कम्पनीको अन्तिम शेयर मूल्य रु. ८२१ कायम भएको छ । निष्कर्ष कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । हेर्दा स्पिनिङ टपजस्तो देखिने यो मैनबत्तीले बजारमा कम्पनीको मूल्य अनिश्चित रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५१ दशमलव ३७ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ४ दशमलव ६२ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । मंगलबारको शेयर मूल्य रु. ८२१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ७९३ मा टेवा पाउने र महँगिए रु. ८३९ मा प्रतिरोध पाउने देखिन्छ ।