एन्फा विशेष साधारणसभा फेरि सर्यो

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा अनिश्चित कालका लागि स्थगित भएको छ।एन्फाले विज्ञप्ति जारी गर्दै ८ फागुनमा भर्चुअल माध्यमबाट गर्ने भनिएको विशेष साधारणसभा प्राविधिक कारणले स्थगित गरिएको जनाएको छ।एन्फाले विज्ञप्तिमा साधारणसभाको अर्को मिति, समय र स्थानका बारेमा अर्को पत्रबाट जानकारी दिने पनि जनाएको छ। एन्फाले दोस्रोपटक साधारणसभा स्थगित गरेको हो।एन्फा कार्यसमिति बैठकमा ८ फागुनमा विशेष साधारणसभाको मिति तय भएको थियो। अहिले एन्फाले प्राविधिक कारण देखाएर सभा सार्ने निर्णय गरेको छ