तस्वीर : काठमाडौं महानगरपालिकाको मतपेटिका राष्ट्रिय सभागृहमा

काठमाडौँ महानगरपालिकाको बिभिन्न मतदान केन्द्रमा शुक्रवार मतदान सम्पन्न भएपछि मतपेटिका गणनाका लागि मतगणनास्थल राष्ट्रिय सभागृहभित्र लैजाँदै प्रहरी र कर्मचारीहरु। मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो । काठमाडौं महानगरपालिकाको मत गणना कार्य शुक्रवार राती ८ बजेबाट शुरु गरिने निर्वाच्न आयोगले बताएको छ । तस्वीर : रासस   

सम्बन्धित सामग्री

तस्वीर प्रतियोगितामा अनलाइनखबरका धिमालसहित ७ जना फोटो पत्रकार पुरस्कृत

काठमाडौं । काठमाडौं महानगरपालिकाको २८औं स्थापना दिवसको अवसरमा आयोजित तस्वीर प्रतियोगितामा सात जना फोटो पत्रकार पुरस्कृत भएका छन् । सोमबार महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएमको २४औं वार्षिकोत्सवको अवसर पारेर उनीहरुलाई पुरस्कार रकमसहित प्रमाणपत्र प्रदान गरिएको हो । प्रतियोगितामा सुशील श्रेष्ठले खिचेको तस्वीरले प्रथम स्थान हासिल गर्न सफल भयो । यसैगरी सुनिल शर्माको तस्वीरले दोस्रो र महेश […]

स्वयम्भूनाथको गजुरको जीर्णोद्वार शुरु [फोटो फिचर]

काठमाडौं । विश्व सम्पदामा सूचीकृत काठमाडौं-१५ स्थित स्वयम्भूनाथ चैत्यको जीर्णोद्वार शुरु गरिएको छ । गत फागुनमा हावाहुरीका कारण चैत्यको गजुर झरेपछि यसको जीर्णोद्वार शुरु गरिएको हो । यसको जीर्णोद्वारका लागि पुरातत्त्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति र काठमाडौं महानगरपालिकाको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेको थियो । प्राचीन सम्पदा भएकाले पुरातत्त्व विभागको परामर्श तथा अनुमतिप्राप्त भएपछि मात्र जीर्णोद्वार प्रारम्भ गरिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भिक्षु भर्ममूर्ति महास्थवीरले जानकारी दिए । मर्मत तथा जीर्णोद्वारको काम सकिएपछि विशेष विधिअनुसार क्षमापूजा गरी गजुर पुनः प्रतिस्थापन गरिने जनाइएको छ । यस पवित्र स्थलमा विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने गर्दछन् । काठमाडौं उपत्यकाको बाक्लो बस्ती तथा त्यस वरपर क्षेत्रको अवलोकनका लागि यहाँ स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । विदेशी पर्यटकहरूमाझ स्वयम्भू 'मन्की टेम्पल'को नामले प्रख्यात छ । तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान

भोटाहिटीको सबवेमा बनाइएको संरचना हटाउँदै महानगरपालिका, हेर्नुस् तस्वीर समाचार

काठमाडौं। भोटाहिटीको सबवेमा बनाइएका अनधिकृत संरचना हटाइएको छ। सबवेमा बनाएका संरचना काठमाडौं महानगरपालिकाको टोलीले आइतबार हटाएको हो। काठमाडौंका मेयर बालेन्द्र शाहले अनधिकृत

विजयी र्‍यालीभन्दा कम छैन राष्ट्रिय सभागृहमा बालेन समर्थकको क्रेज : फोटो फिचर

जेठ ३, काठमाडौं । काठमाडौंको राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चलिरहेको छ । महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले शुरुदेखि नै अग्रता कायम गरेका छन् । आफ्ना निकटतम प्रतिद्वन्दीभन्दा ६ हजार बढी मत ल्याएर अग्रस्थानमा रहेका बालेनको समर्थनमा सर्वसाधारण युवाहरू दिनदिनै सभागृह पुगिरहेका छन् । घाम पानी नभनेर बालेनको समर्थनमा नारा लगाएको दृश्य हेर्दा यो कुनै विजयी र्‍यालीभन्दा कम देखिन्न । मतदान सकिएको ४ दिन बितिसक्दा सम्म आधा मत पनि गन्न नसकेको निर्वाचन आयोगले अझै कित दिन लगाउँछ भन्ने टुङ्गो छैन । र काठमाडौंको मेयरमा को निर्वाचित हुने हो भन्ने पनि टुङ्गो छैन । तर अहिलेको अग्रता कायम राखिरहने हो भने काठमाडौ महानगरमा बालेन नै मेयर चुनीने छन् । राष्ट्रिय सभागृहमा भने बालेनले चुनाव जितिसकेको जसरी उनको पक्षमा नारा लागिरहेका छन्, हेर्नुहोस तस्वीर समाचार : फोटो : सुनिल शर्मा/आर्थिक अभियान

तस्वीर : मुसलधारे पानीमा रुझेरै बालेनको समर्थनमा उत्रिएका सुभेच्छुकहरू

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहको समर्थनमा मतगणना स्थल राष्ट्रिय सभागृह पुगेका समर्थकहरू पानी परेपछि रुझेका छन् । शुक्रवार सम्मपन्न स्थानीय तहको चुनावको मतगणना शनिवारदेखि शुरु गरिएको थियो । बालेेन साहले शुरुदेखि नै अग्रता लिइरहेका छन् । उनको निकटम प्रतिस्पर्धीमा एमालेका उम्मेदवार केशव स्थापित र कांग्रेसकी सिर्जना सिंह छन् । उनको मतान्तर बढ्दै जाँदा सभागृहमा आउने समर्थकको संख्या पनि दिनदिनै बढीरहेको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

तस्वीर : काठमाडौं महानगरपालिकाको मतगणनाको अपडेट हेर्दै पर्यटक

काठमाडौं महानगरपालिकाको मतगणनाको अपडेट हेर्दै पर्यटकहरु। निर्वाचन आयोगले महानगरपालिकाको मतगणनाको अपडेट र गणना स्थलको प्रत्यक्ष अवलोकनको लागि राष्ट्रिय सभागृह बाहिर डिस्प्ले बोर्डको व्यवस्था गरेको छ । डिस्प्लेमा भित्र भइरहेको मत गणनाको प्रत्यक्ष प्रसारण हुने बताइएको छ । तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान

शीर्ष नेताहरू मतदान गर्दै (फोटोफिचर)

वैशाख ३०, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत शुक्रवार विहानैदेखि मुलुकभर मतदान भइरहेको छ । यसैक्रममा हामीले शिर्ष नेताहरुले कहाँ कतिखेर मतदान गरे यसलाई सचित्र बर्णन गर्ने  प्रयास गरेका छौं । यसक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुर महानगरपालिका– १४ मा रहेको नेपाल पुलिस स्कुल मतदान केन्द्रमा स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गरेका छन् ।      यसैगरी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमा — ८ स्थित ज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।   काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंह काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।       ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल स्थानीय तह निर्वाचनका उम्मेदरवारलाई ललितपुर महानगरपालिका वडा नं २ को रामन्दिरस्थित राजतीर्थ ‘ख’ मतदान केन्द्रमा मतदान गर्दै ।  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल स्थानीय तहको निर्वाचन २०७९ का लागि शुक्रवार बिहान बुटवल उपमहानगरपालिका वार्ड नं ८ स्थित मतदान केन्द्रमा मतदान पश्चात मतपेटिकामा मतपत्र खसाल्दै ।  काठमाडौंको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट स्थानीय तह निर्वाचनका उम्मेदवारलाई मतदान गर्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी ।  भरतपुर महानगरपालिका–१४ मा रहेको आधारभूत विद्यालय सुन्दरबस्तीको मतदान केन्द्रबाट मतदान गर्दै भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार रेनु दाहाल ।  तस्वीर : रासस

हेर्नुस् त, लाज शरम पचेका राजधानीवासी !

यो तस्वीर देशको राजधानी शहर काठमाडौं महानगरपालिकाभित्रको हो । सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) नजिक धौलागिरी मार्गको सडकको दुर्दशा हो यो । फोहोरका कारण मानिसहरू मुख छोपेर हिँड्नुपर्ने अवस्था छ । काठमाडौं महानगरपालिकाको वातावरण विभागले यो ठाउँमा फोहोर फाल्न पाइँदैन भनेर सूचना नै टाँसेको छ । अझ सीसी क्यामेराको निगरानी भइरहेको सूचनामा उल्लेख छ । यति हुँदाहुँदै पनि यहाँ फोहोर फाल्न छाडिएको छैन ।  ५ हजारदेखि १ लाखसम्म जरिवाना गर्ने सूचनासहित सीसी क्यामेरा राखिए पनि यो ठाउँमा फोहोर फाल्न छ...

तस्वीर : कालिमाटी बजारमा स्वाब संकलन गर्दै  स्वास्थ्यकर्मी

काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजार परिसर भित्र मंगलवार बिहान कोरोना भाइरसको एन्टिजिन परिक्षण गर्न स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेपछि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र काठमाडौं महानगरपालिकाको संयुक्त सहकार्यमा निःशुल्क एन्टिजिन परिक्षण गरिएको हो । तस्वीर : प्रकाश केसी /  आर्थिक अभियान

तस्वीर : निषेधाज्ञामा पनि काष्ठमण्डप  पुनर्निर्माण जारी

निषेधाज्ञाको समयमा पनि सुरक्षाका उपाय अपनाउँदै यतिखेर पूरातात्विक महत्वको काष्ठमण्डप पुनर्निर्माणको काम सुचारु रहेको छ । विसं २०७२ सालको भुकम्पले पूर्णरुपमा क्षति पुगेको काष्ठमण्डप तीन वर्ष अघि पुनर्निर्माण गर्न क्षमापूजा गरिएको थियो । काठमाडौं महानगरपालिकाको सहयोगमा राष्ट्रिय  पुनर्निर्माण प्राधिकरणले काष्ठमण्डपको निर्माण गरिरहेको छ । यसअघि काष्ठमण्डप एउटै रुखबाट बनेको सत्तल मानिन्छ, जसलाई नेवारी भाषामा ‘मरुसत्तः’ भनिन्छ। विश्व सम्पदा सूचीमा सूचीकृत तीन तले यो सम्पदाको पुनर्निर्माण पुरानै ढाँचामा गर्ने लक्ष्य रहेको छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान