यो तस्वीर देशको राजधानी शहर काठमाडौं महानगरपालिकाभित्रको हो ।
सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) नजिक धौलागिरी मार्गको सडकको दुर्दशा हो यो । फोहोरका कारण मानिसहरू मुख छोपेर हिँड्नुपर्ने अवस्था छ ।
काठमाडौं महानगरपालिकाको वातावरण विभागले यो ठाउँमा फोहोर फाल्न पाइँदैन भनेर सूचना नै टाँसेको छ । अझ सीसी क्यामेराको निगरानी भइरहेको सूचनामा उल्लेख छ । यति हुँदाहुँदै पनि यहाँ फोहोर फाल्न छाडिएको छैन ।
५ हजारदेखि १ लाखसम्म जरिवाना गर्ने सूचनासहित सीसी क्यामेरा राखिए पनि यो ठाउँमा फोहोर फाल्न छ...