शीर्ष नेताहरू मतदान गर्दै (फोटोफिचर)

वैशाख ३०, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत शुक्रवार विहानैदेखि मुलुकभर मतदान भइरहेको छ । यसैक्रममा हामीले शिर्ष नेताहरुले कहाँ कतिखेर मतदान गरे यसलाई सचित्र बर्णन गर्ने  प्रयास गरेका छौं । यसक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुर महानगरपालिका– १४ मा रहेको नेपाल पुलिस स्कुल मतदान केन्द्रमा स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गरेका छन् ।      यसैगरी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमा — ८ स्थित ज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।   काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंह काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।       ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल स्थानीय तह निर्वाचनका उम्मेदरवारलाई ललितपुर महानगरपालिका वडा नं २ को रामन्दिरस्थित राजतीर्थ ‘ख’ मतदान केन्द्रमा मतदान गर्दै ।  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल स्थानीय तहको निर्वाचन २०७९ का लागि शुक्रवार बिहान बुटवल उपमहानगरपालिका वार्ड नं ८ स्थित मतदान केन्द्रमा मतदान पश्चात मतपेटिकामा मतपत्र खसाल्दै ।  काठमाडौंको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट स्थानीय तह निर्वाचनका उम्मेदवारलाई मतदान गर्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी ।  भरतपुर महानगरपालिका–१४ मा रहेको आधारभूत विद्यालय सुन्दरबस्तीको मतदान केन्द्रबाट मतदान गर्दै भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार रेनु दाहाल ।  तस्वीर : रासस  

सम्बन्धित सामग्री

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरू सकारात्मक

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरू सकारात्मक देखिएका छन् ।

प्रधानमन्त्री भेट्न ओलीसहित एमालेका शीर्ष नेताहरू बालुवाटारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् ।

प्रमुख तीन दलका शीर्ष नेताहरू निरन्तर भेट्दा आशंका उब्जियो: राजकिशोर यादव

जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले प्रमुख तीन दलका शीर्ष नेताहरू निरन्तर भेटिरहँदा आशंका उब्जिएको बताएका छन् ।

प्रारम्भिक मतगणनाअनुसार एमालेका सबै शीर्ष नेताहरू पछाडि

प्रारम्भिक मतगणनाको परिणामअनुसार अधिकांश नेकपा एमालेका शीर्ष नेताहरू पछि परेका छन् । काठमाडौं– ५ मा एमाले उपाध्याय ईश्वर पोखरेललाई नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पछि पारेका छन्  ।

निर्वाचनबारे आयोगमा छलफल गर्दै प्रधानमन्त्रीसहित शीर्ष नेताहरू (तस्वीरहरू)

काठमाडौं : आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन्। मंसिर ४ मा हुने निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल,एमाले उपाध्यक्ष सुवास नेम्वाङ, माओवादी नेता लीलामणि पोखरेलसहितका नेताहरू आयोग पुगेका हुन्।आयोगले छलफलका लागि प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई बोलाएको छ। निर्वाचन आचार

सिट बाँडफाँट टुंग्याउन गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफलमा जुट्दै

लामो समय बितिसक्दा समेत सत्तारुढ दलहरुभित्र सिट बाँडफाँट सहज रूपमा हुन सकेको छैन । आज पनि सत्तारुढ दलहरूका शीर्ष नेताहरू बसेर सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास हुनेछ ।

गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् । गठबन्धनको बैठकका लागि नेताहरू बालुवाटार पुगेका हुन् । अपराह्न ५ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टापछि सुरु हुन लागेको हो । बैठक केही बेरमा सुरु हुने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।  बैठकमा आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको […]

शीर्ष नेताहरू आरोप प्रत्यारोपमा, एजेन्डा ओझेलमा

काठमाडौं, बैशाख २९ । संघीय व्यवस्था आएपछि वैशाख ३० गते दोस्रोपटक स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचनमा प्रमुख दलका शीर्ष नेताहरू आ–आफ्नो पार्टीको पक्षमा मत माग्नका लागि देश दौडाहमा व्यस्त रहे । ठाउँठाउँमा चुनावी सभाहरू गर्दै मतदातालाई आफ्नो पक्षमा ल्याउने कसरत गरिरहे । तर, मतदातासँग मत माग्ने क्रममा मुख्य राजनीतिक दलका नेताहरूले जनसमुदायमा […]

विपक्षी गठबन्धनका शीर्ष नेताहरू छलफलमा, माधव नेपाल पनि सहभागी

संसद विघटनविरुद्ध सर्वोच्च अदालत गएका विपक्षी गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।