नेपाल फिनल्याण्ड चेम्बरको पहिलो साधारणसभा सम्पन्न

काठमाडौँ- नेपाल फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौँस्थित होटल र्‍याडिसनमा मंगलबार आयोजित साधारणसभालाई सम्बोधन गर्दै नेपाल फिनल्याण्ड चेम्बरका अध्यक्ष अध्यक्ष मुकुन्दप्रसाद तिमल्सिनाले दुई मुलुकबीच व्यापार, शिक्षा, सँस्कृतिजस्ता क्षेत्रमा सुमधुर सम्बन्ध रहेको भन्दै भविष्यमा दुई मुलुकबीचको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि नेपाल […]

सम्बन्धित सामग्री

एनआईसीसीआईको १०औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)ले शुक्रवार काठमाडौंमा १०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभालाई इटाली र नेपालबीच बलियो व्यावसायिक सम्बन्ध प्रवर्द्धन गर्ने चेम्बरको प्रयासमा एउटा महत्त्वपूर्ण कदम भएको बताइएको छ ।  कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माका साथै अन्य अतिथिको उपस्थिति थियो । कार्यक्रममा एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवाल, एनआईसीसीआईका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ, इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डे लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा मन्त्री शर्माले ‘एनआईसीसीआई डाइरेक्टरी’को अनावरण गरेकी थिइन् । कार्यक्रममा वक्ताहरूले एनआईसीसीआईले विगत वर्षमा हासिल गरेका उपलब्धिबारे छलफल गरेका थिए । उक्त छलफलमा नेपाल र इटालीबीच आर्थिक वृद्धि र फलदायी साझेदारीलाई थप वृद्धि गर्ने चेम्बरको प्रयासमा जोड दिइएको थियो । एनआईसीसीआईका अध्यक्ष अग्रवालले नेपाल र इटालीबीचको व्यापारिक सम्बन्ध र आर्थिक विकासलाई उत्प्रेरित गर्न संस्थाको अटल प्रतिबद्धता रहने बताए ।

नेपाल म्यानमार चेम्बरको १३औं सभा

काठमाडौं। नेपाल म्यानमार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १३औं वार्षिक साधारणसभा शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ ।  नेपाल–म्यानमारबीचको व्यापारिक सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले स्थापित चेम्बरले आर्थिक उन्नतिमा दुई देशबीच लगानी र सहकार्यका सम्भावना खोज्ने, पर्यटन प्रवर्द्धन गर्ने, जनस्तरको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने लगायत काम गर्दै आएको बताइएको छ । साधारणसभा उद्घाटन सत्रमा बोल्दै चेम्बरका अध्यक्ष शिवकुमार अग्रवालले नेपाल र म्यानमारलाई सीधा हवाई उडानले जोड्न सके दुवै मुलुकले लाभ लिन सक्ने बताए । सोही कार्यक्रममा नेपालका लागि म्यानमारका राजदूत सिन ओले दुई देशबीचको आर्थिक एवं व्यापारिक सम्बन्धलाई अझ बलियो बनाउने तथा व्यवसायका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले म्यानमारमा पनि म्यानमार–नेपाल चेम्बर अफ कमर्स खुलेको जानकारी दिए । उनले दुवै देशका जनता–जनताबीच गहिरो सम्बन्ध रहेको भन्दै व्यापार, लगानी, पर्यटन र संस्कृतिको क्षेत्रमा सहकार्य गर्न सुझाए ।  कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, चेम्बर उपाध्यक्ष रतनलाल केडिया लगायतले बोलेका थिए ।

नेपाल जर्मन चेम्बर अफ कमर्समा कुँवर

काठमाडौं । नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको २९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ‘इनोभेटिङ फर ग्रोथ ः हार्नेसिङ द पावर अफ अलायन्सेस’ नाराका साथ गत शुक्रवार सम्पन्न सभाले सन्तोष सी कुँवरको अध्यक्षतामा १४ सदस्सीय कार्यकारी समिति चयन गरेको छ । समितिका सदस्यहरूमा उत्तम भट्टराई, नरेशलाल श्रेष्ठ, समिकविक्रम शाह, भक्तबहादुर हमाल, एलेक्सलाल मोक्तान, शुभाशीष थपलिया, तैजश सुन्दरलाल कक्षपति, राजुबाबु श्रेष्ठ, विप्लवमान सिंह, गोपालदास मानन्धर र झनकदत्त खनाल छन् । साथै अध्यक्ष तथा कार्यसमितिले चेम्बरको कार्यकारिणी सदस्यमा अवधेशकुमार दास र राजीव मंगल जोशीलाई मनोनयन गरेको थियो । संघमा पर्यटन, उत्पादन, व्यापार, गलैंचा, गार्मेन्ट, हस्तकला, कृषि लगायतका २०० कम्पनी छन् । संघले नेपाल–जर्मनीबीच व्यापार व्यवसायमा सम्पर्क बिन्दुको रूपमा भूमिका निर्वाह गर्दै आएको बताइएको छ ।