नेपाल म्यानमार चेम्बरको १३औं सभा

काठमाडौं। नेपाल म्यानमार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १३औं वार्षिक साधारणसभा शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ ।  नेपाल–म्यानमारबीचको व्यापारिक सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले स्थापित चेम्बरले आर्थिक उन्नतिमा दुई देशबीच लगानी र सहकार्यका सम्भावना खोज्ने, पर्यटन प्रवर्द्धन गर्ने, जनस्तरको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने लगायत काम गर्दै आएको बताइएको छ । साधारणसभा उद्घाटन सत्रमा बोल्दै चेम्बरका अध्यक्ष शिवकुमार अग्रवालले नेपाल र म्यानमारलाई सीधा हवाई उडानले जोड्न सके दुवै मुलुकले लाभ लिन सक्ने बताए । सोही कार्यक्रममा नेपालका लागि म्यानमारका राजदूत सिन ओले दुई देशबीचको आर्थिक एवं व्यापारिक सम्बन्धलाई अझ बलियो बनाउने तथा व्यवसायका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले म्यानमारमा पनि म्यानमार–नेपाल चेम्बर अफ कमर्स खुलेको जानकारी दिए । उनले दुवै देशका जनता–जनताबीच गहिरो सम्बन्ध रहेको भन्दै व्यापार, लगानी, पर्यटन र संस्कृतिको क्षेत्रमा सहकार्य गर्न सुझाए ।  कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, चेम्बर उपाध्यक्ष रतनलाल केडिया लगायतले बोलेका थिए । 

सम्बन्धित सामग्री

राष्ट्रिय फुटबल टोली म्यानमार पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोली घरेलु टोलीसँगको दूई मैत्रीपूर्ण खेलका लागि म्यानमार पुगेकोछ । नेपाली टोली मंगलबार दिउँसो म्यानमार पुगेपछि म्यानमार फुटबल महासङ्घका अधिकारीहरूले याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । टोलीलाई सोमबार अखिल नेपाल फुटबल संघ (एन्फां) ले म्यानमार उड्नुअघि बिदाइ गरेको थियो । नेपालले म्यानमारमा सेप्टेम्बर ८ र ११ […] The post राष्ट्रिय फुटबल टोली म्यानमार पुग्यो first appeared on हाम्रो खेलकुद.

यू–२० महिला टोली म्यानमार प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली युवा महिला टोली आइतबार प्रतियोगितास्थल म्यानमार प्रस्थान गरेको छ । नेपाली टोली आइतबार नै त्यसतर्फ प्रस्थान गरेका छन् । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज बिक्रम नेम्वाङलगायत एन्फा पदाधिकारीले नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाई गरे । छनोटको दोस्रो […] The post यू–२० महिला टोली म्यानमार प्रस्थान first appeared on Hamro Khelkud.

म्यानमार नरसंहारको पाँच वर्ष

पछिल्लो चार वर्षदेखि यस्मिनले अस्थिर जिन्दगीको सामना गरेकी छन्। बङ्गलादेशको शरणार्थी शिविरमा जन्मिएकी उनी आफ्नो पुर्ख्यौली घर म्यानमार फर्कने कुनै छाँटकाँट नै छैन। भारतको नयाँ दिल्लीको कुनै एउटा कोठामा उनले शरण पाएकी छन्। तर, त्यहाँको जीवन अत्यास लाग्दो छ। सन् २०१७ मा म्यानमारबाट हजारौँ अल्पसङ्ख्यक रोहिंग्या समुदायका मुसलमान झैँ यस्मिनका परिवार पनि देश छाड्न बाध्य […]

बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारले प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ । सिंहदरवारमा बसेको समितिको बैठकले सरकारले बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदुत घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको नाम अनुमोदन गरेको हो । समिति बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदूत घनश्याम भण्डारीले आफ्नो कार्यकालमा बंगलादेशमा छात्रवृत्तिमा अध्ययनरत नेपाली […]

गृहयुद्धको डरलाग्दो बाटोमा म्यानमार

पछिल्लो समय म्यानमारको घटनाक्रमले डरलाग्दो बाटो लिएको छ। अहिले सरकारी सेना र नागरिक तहको लडाकु समूह बीचको झडप बढी रहेको छ। एक वर्ष अगाडि सेनाले सत्ता लिएपछि यसरी लडाइँ र झडपमा संलग्न हुने युवा छन्। जसले आफ्नो जीवन नै जोखिममा पारेका छन्। सेनाको शासन र विपक्षी सङ्गठित सशस्त्र समूहको सक्रियतासँगै म्यानमार गृहयुद्धतर्फ धकेलिने लगभग निश्चित […]

म्यानमार हिंसा अन्त्य गर्न राष्ट्रसंघको आह्वान

राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारमा भइरहेका सबै प्रकारका हिंसा अन्त्य गर्न आह्वान गरेको छ । त्यस्तै जारी संकट समाधान गर्न विशेष दूतलाई त्यहाँ भ्रमणका लागि अनुमति दिने पनि उसले विश्वास गरेको छ । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठनले क्याम्बोडियाका विदेशमन्त्री प्राक साखोनलाई आफ्नो प्रतिनिधिको रुपमा म्यानमार  पठाउन चाहेको छ । विदेशमन्त्री साखोनको म्यानमार भ्रमणलाई सुरक्षा परिषदले सम्बन्धित पक्षहरुसँग भेट गर्ने चाँडो भन्दा चाडो अवसरको रुपमा हेरेको छ । गत वर्ष सेनाको कुपछि त्

आसियानद्वारा म्यानमार सेनालाई बहिष्कार गर्ने निर्णय

सिंगापुर, १ कार्तिक : दक्षिण एसियाली मुलुकहरुको संगठन आसियानले शनिबार म्यानमारको सैन्य नेतृत्वलाई सम्मेलनबाट बहिष्कार गर्ने निर्णय गरेको छ। आसियानले यसै महिनाको अन्त्यमा आयोजना गरेको शिखर सम्मेलनबाट म्यानमारको सैन्य नेतृत्वलाई बहिष्कार गर्ने निर्णय गरेको हो। यस महिनाको अन्त्यमा गैर राजनैतिक तवरबाट हुन लागेको सो सम्मेलनमा म्यानमार सेनालाई बहिष्कार गर्ने निर्णय गरिएको आसियानले जनाएको छ। म्यानमार […]

म्यानमार कुको विश्वव्यापी तरंग

म्यानमारको रणनीतिक अवस्थितिको कारण त्यहाँको हिंसाले सम्पूर्ण क्षेत्रलाई अस्थिर बनाउन सक्छ  म्यानमार राजनीतिक पतनको पिँधमा पुगेको छ । देशको सेनाले फेब्रुअरी १ मा नागरिक सरकार सत्ताच्यूत गरेयता झन्डै ५३० निःशस्त्र नागरिकको हत्या...

म्यानमार दूतावासमा अखिल क्रान्तिकारीले बुझायो विरोधपत्र

१८ चैत, काठमाडौं । म्यानमारमा लोकतन्त्रको माग गर्दै जारी प्रदर्शनमा भएको सैन्य दमनविरुद्ध नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले विरोध जनाउँदै म्यानमारको दूतावास अगाडि प्रदर्शन गरेको छ । बुधबार ललितपुरको भैंसेपाटीस्थित म्यानमार दूतावास कार्यालय अगाडि धर्ना र नाराकाजी गर्दै अध्यक्ष रञ्जित तामाङसहितको टोलीले विरोध पत्र बुझाएको हो । दूतावासमा बुझाएको विरोध पत्रमा भनिएको छ, ‘आजको […]

म्यानमार नरसंहारको विरोधमा दूतावासअगाडि नागरिक अगुवाको प्रदर्शन

काठमाडौं: म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन्। मानमारमा भएको नरसंहारको विरोधमा शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यानमारको दूतावास अगाडी प्रदर्शन गरेका हुन्। प्रदर्शनमा नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका जनताको साथमा छौँ, म्यानमार नरसंहारबारे अन्तर्राष्ट्रिय…