एनआईसीसीआईको १०औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)ले शुक्रवार काठमाडौंमा १०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभालाई इटाली र नेपालबीच बलियो व्यावसायिक सम्बन्ध प्रवर्द्धन गर्ने चेम्बरको प्रयासमा एउटा महत्त्वपूर्ण कदम भएको बताइएको छ ।  कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माका साथै अन्य अतिथिको उपस्थिति थियो । कार्यक्रममा एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवाल, एनआईसीसीआईका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ, इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डे लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा मन्त्री शर्माले ‘एनआईसीसीआई डाइरेक्टरी’को अनावरण गरेकी थिइन् । कार्यक्रममा वक्ताहरूले एनआईसीसीआईले विगत वर्षमा हासिल गरेका उपलब्धिबारे छलफल गरेका थिए । उक्त छलफलमा नेपाल र इटालीबीच आर्थिक वृद्धि र फलदायी साझेदारीलाई थप वृद्धि गर्ने चेम्बरको प्रयासमा जोड दिइएको थियो । एनआईसीसीआईका अध्यक्ष अग्रवालले नेपाल र इटालीबीचको व्यापारिक सम्बन्ध र आर्थिक विकासलाई उत्प्रेरित गर्न संस्थाको अटल प्रतिबद्धता रहने बताए । 

सम्बन्धित सामग्री

युनिलिभरको वार्षिक साधारणसभा

युनिलिभर नेपालको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो।...

इप्पानको वार्षिक साधारणसभा

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २१ औं वार्षिक साधारणसभा जेठ ३२ गते हुने भएको छ।...

इप्पानको वार्षिक साधारणसभा

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २१ औं वार्षिक साधारणसभा जेठ ३२ गते हुने भएको छ।...

स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

युनाइटेड इन्स्योरेन्सको २९ औं वार्षिक साधारणसभा सम्पन्न

युनाइटेड इन्स्योरेन्स कम्पनीको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

मेगा क्यापिटल मार्केटको पाँचौं वार्षिक साधारणसभा

मेगा क्यापिटल मार्केट पाँचौं वार्षिक साधारणसभा गर्ने तयारीमा जुटेको छ।