जनकपुरधाम- मधेस प्रदेशमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएसँगै दलहरू सरकार बनाउने समीकरणमा जुटेका छन्। यस पटकको निर्वाचनमा कुनै दलले बहुमत प्राप्त गर्न नसक्दा प्रमुख दुई गठबन्धन आ-आफ्नो सरकार बनाउनका लागि कसरत थालेका छन्। पहिलो पटक चुनावमा भाग लिँदै प्रत्यक्षमा ६ सिट जितेको जनमत पार्टी र ६ जना स्वतन्त्रबाट निर्वाचित सांसदको सरकार बनाउनेमा मुख्य भुमिका देखिएको छ। […]