बागलुङ : जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सबैभन्दा दूरको गाउँ हो, निसेलढोर। यहाँका स्थानीयको वेशभूषा, रीतिरिवाज र जीवनशैली नितान्त फरक छ। नेपालकै एक मात्र शिकार आरक्ष पनि यहीँ पर्छ। पुशपालन, कृषि, पर्यटन र जडिबुटी उत्पादनका लागि अगाडि रहे पनि विकासमा भने निसेलढोर वर्षौँदेखि पछाडि परेको छ।यहाँका नागरिकले अहिलेसम्म पनि न्यूनतम विकासको अनुभूति गर्न पाएका छैनन्। केही समयअघि मोटरबाटोले निसेलढोर जोडिए पनि अहिलेसम्म विद्युत्, स्वास्थ्य र गुणस्तरीय शिक्षा पुगेको छैन। यहाँका अधिकांश स्