बारामा स्थानीय तहका एक महिला जनप्रतिनिधिलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । बाराको कलैया उपमहानगरपालिका २७ की वडा सदस्य तारादेवी पासवानमाथि स्थानीयवासीले कुटपिट गरेका हुन् । पासवानमाथि स्थानीय जोगिन्द्र साहसहितको समूहले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । वडासदस्य पासवानमाथि गाउँकै एक महिलालाई अर्का पुरुषसँग भगाउन सहयोग गरेको आरोप लगाउँदै उक्त समूहले हातपात गरेको बताइएको छ ।आक्रमणकारीहरुले महिला सदस्य पासवानलाई खम्बामा बाँधेर कुटपिट गरेका थिए । आक्रमण भएको सूचना पाएलगत्तै