पछिल्लो समय दुई छिमेकी भारत र चीनसहित पुराना मित्रहरू बेलायत, अमेरिका र अन्य शक्तिशाली सहयोगी मुलुकसँग नेपालको सम्बन्ध सुमधुर छैन । द्विपक्षीय सम्बन्धलाई ‘सफ्ट पावर’ का रूपमा प्रयोग गरेर फाइदा लिनुपर्ने भए पनि अन्तर्राष्ट्रिय सम्बन्ध चिसिँदै आएको छ ।