परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल संयुक्तराज्य अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा आबद्ध नहुने कुनै सम्भावना नभएको सपष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा सांसदका जिज्ञासा स्पष्ट पार्दै उहाँले एसपिपी नेपालको हितमा नरहेको र परिवर्तित सन्दर्भमा यो नेपाललाई स्वीकार्यसमेत नभएको प्रधानमन्त्री तहबाटै स्पष्ट जानकारी आइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “एसपिपीका सम्बन्धमा नेपाली […]