काठमाण्डाै – सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा विज्ञ टोली गठन गर्ने भएको छ । आज सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति बैठकले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विज्ञ टोली गठन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा मन्त्री श्रेष्ठले प्राधिकरणको सञ्चालक समितिको सिफारिसअनुसार मन्त्रालयले विज्ञ टोली गठन गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लौजान...