काठमाडौं।नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अन्तर्राष्ट्रिय अवस्था जतिनै बदलिए पनि नेपाल–चीन सम्बन्धमा विश्वास कायम रहेको बताएकी छन्। चाइना डेलीमा लेख प्रकाशित गर्दै उनले भनेकी छन्, “कूटनीतिक सम्बन्ध स्थापना भएपछि अन्तर्राष्ट्रिय अवस्थामा जति नै बदलिए पनि नेपाल र चीनबीचको सम्बन्ध विश्वास, सम्मान र समर्थन कायम छ। यो फलदायी रहेको छ।” यसैकारण नेपाल–चीन सम्बन्ध रणनीतिक साझेदारीमा पुगेको उनले बताएकी छन्।