सीमावर्ती भारतीय बजार जोगबनीमा शुक्रबार एक नेपालीको शव फेला परेको छ । शव विराटनगर-५ कोचाखालका ४५ वर्षीय संजय राईको भएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । उनका अनुसार राईको शव भारतीय सुरक्षाकर्मीले जोगबनीस्थित रेल–वे स्टेसननजिक फेला पारेको हो ।