करेन्ट लागेर पानीमा बेपत्ता भएका गङ्गा बहादुरको शव भेटियो

पर्वत : निर्माणाधीन मध्य मोदी जलविद्युत आयोजनामा काम गर्दै करेन्ट लागेर पानीमा बेपत्ता भएका पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवाका ३२ वर्षीय गंगाबहादुर नेपालीको शव फेला परेको छ।गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिका–५ मा बस्दै आएका नेपालीलाई मोदी गाउँपालिका–२ मा रहेको जलविद्युत आयोजनामा काम गरिरहेको अवस्थामा सोमबार बिहान करिब ११ बजे करेन्ट लागेको थियो।पानीको ओभरफ्लो फाल्ने ठाउँ टेल लेसमा काम गर्ने क्रममा कर