भारतको धार्मिकस्थल केदारनाथको प्रस्थान बिन्दु गौरीकुन्डमा गत बिहीबार राति गएको पहिरोमा परेर बेपत्तामध्येका तीन नेपालीको शव भेटिएको छ । कालीकोटका प्रकाश कामी, टेकबहादुर विक र देवी विकको शव भेटिएको दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर नेपाल प्रहरीका एसएसपी उमाप्रसाद चतुर्वेदीले बताए । पहिरोमा परेर बेपत्ता नेपालीमध्ये अझै ११ जना फेला परेका छैनन् ।