काठमाडौं, जेठ १७ । महालेखा परीक्षकको कार्यालयले राजनीतिक दलको लेखा परीक्षण गर्न निर्वाचन आयोगमा पाँच जना विशेषज्ञ कर्मचारी पठाउने निर्णय गरेको छ। आयोगले आग्रह गरेबमोजिम महालेखा परीक्षकको कार्यालयले राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीको नेतृत्वमा पाँच सदस्यीय विज्ञ टोली पठाउने निर्णय गरेको हो। उक्त टोली आजदेखि आयोगमा पुग्नेछ। महालेखा परीक्षकको कार्यालयका प्रवक्तासमेत रहेका नायब महालेखा परीक्षक रवीन्द्रप्रसाद […]