दलहरूको लेखापरीक्षण : कागजात नै नजाँची विज्ञ टोली फिर्ता

काठमाडौं, असार २१ । राजनीतिक दलहरूको आयव्ययसहितको लेखापरीक्षण प्रतिवेदन जाँच्न खटाइएको महालेखा परीक्षकको कार्यालयको विज्ञ टोली आफैँले मागेका थप कागजात अध्ययन नै नगरी अन्तिम प्रतिवेदन तयार गरेर फर्केको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो कार्यालयका पाँच सदस्यीय विज्ञ टोलीले आइतबार प्रतिवेदन बुझाएर फर्केको जानकारी दिए। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार […]