निजगढ विमानस्थलको काम अघि बढाउन सरकारले विज्ञ टोली गठन गर्ने

काठमाडौँ – सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विज्ञ टोली गठन गर्ने भएको छ। सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणको सञ्चालक समितिको बैठकले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विज्ञ टोली गठन गर्न सिफारिस गर्ने निर्णय गरेको हो। सोमबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री […]