काठमाडौं। कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । शुक्रवार बसेको बैंकको सञ्चालक समिति बैठकले खनाललाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघिका सीईओ रमेशराज अर्यालले राजीनामा दिएपछि सञ्चालक समितिले खनाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई गाभ्नुअघि पनि उनी कुमारी बैंकको सीईओ थिए । वित्तीय क्षेत्रमा एक दशकभन्दा लामो अनुभव भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले यसअघि एनआईसी एसिया क्यापिटलमा पनि सीईओको जिम्मेवारी निर्वाह गरेका थिए । सिद्धार्थ र एनआईसी एसिया बैंकमा पनि माथिल्लो तहमा रहेर काम गरेको अनुभव उनीसँग छ ।
काठमाडौं– नबिल बैंकको सहायक कम्पनी नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई आजदेखि लागू हुने गरी चार वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटा यसअघि नबिल बैंकको प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत […]
काठमाडौं। सामाजिक सुरक्षा (सासु) कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त भएका छन् । कोषको सञ्चालक समितिले अधिकारीलाई सोमवार कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुमबहादुर केसीको संयोजकत्वमा गठित उपसमितिले कार्यकारी निर्देशकका लागि अधिकारीसहित लीलाराज ढकाल र अशोक पौडेलको नाम सिफारिश गरेको थियो । उपसमितिबाट सिफारिश भएका तीन जनामध्येबाट अनुभव, उनीहरूले पेश गरेको व्यावसायिक कार्ययोजना र नेतृत्व गर्ने क्षमता समेतलाई मूल्यांकन गरी सञ्चालक समितिले अधिकारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको उपप्रमुख कार्यकारी अधिकृतबाट एक वर्षअघि सेवानिवृत्त अधिकारी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । कोषको कार्यकारी निर्देशकको पदावधि चार वर्षको रहनेछ ।
इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृतमा जगदिश खड्का नियुक्त भएका छन् ।चार्टर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालनक समितिले सीइओका रुपमा नियुक्त गरेको हो ।नवनियुक्त सीईओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनीयतताको शपथ गराएका छन् ।उनीसँग बिजनेस अपरेशन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एण्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङमा १२ वर्ष भन्दा धेरै समयको अनुभव छ । उनी यसअघि […]
राष्ट्रिय वाणिज्य बैंकले ११ जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । बैंकले १ वर्षे करार सेवा अवधिको लागि ११ जना विशेषज्ञ (चार्टर्ड एकाउन्टेन्ट) माग गरेको हो ।बैंकले इच्छुक तथा योग्य आवेदकलाई सूचना प्रकाशन भएको मिति भदौ २८ गतेदेखि ८ दिन भित्रमा आवेदन दिन आग्रह गरेको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेकोले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।बैंकका अनुसार वित्तीय विवरणहरूको विश्लेषण सम्बन्धी अनुभव, एनएफआरएस सम्बन्धी कार्यानुभव र कर्जा सम्बन्धी कार्यको अनुभव भएकोलाई प्राथमिकता दिइनेछ । अन्तर्वार्ताको माध्यमबाट उम्मेदवार छनौट गरिने र नियुक्त हुने करार विशेषज्ञहरूलाई बैंकका विभिन्न विभाग तथा कार्यालयहरूमा पदस्थापन गरिने बैंकले जनाएको छ। दरखास्त फाराम बैंकको वेबसाइट वा बैंकको केन्द्रीय कार्यालय मानव संसाधन विभागबाट प्राप्त गर्न सकिने र परीक्षा दस्तुर सात सय रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकका अनुसार बैंकको केन्द्रीय कार्यालय भवन सिंहदरबार प्लाजामा अन्तर्वार्ता सञ्चालन हुने छ र अन्तर्वार्ता सञ्चालन हुने मिति पछि प्रकाशिन गरिने छ।
बैशाख १६, काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चार्टर्ड एकाउन्टेन्ट रामचन्द्र खनाल ४ वर्षको लागि नियुक्त भएका छन् ।
यसअघि बैंकको कायम मुकायम (कामू) सीइओको रुपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् । उनी कामु सीईओ बनेको साढे दुई महिनामै सीईओ बनेका हुन् ।
कामु हुँदा नै खनालले बैंकको वित्तीय अवस्थामा सुधार ल्याएपछि सञ्चालक समितिले उनलाई नै सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैंकका तत्कालिन कामु सीईओ अनुजमणी तिमल्सिना र नायब प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिना स्वेच्छिक अवकास लिएर बैंकबाट बाहिरिएपछि खनालले कामु सीईओको जिम्मेवारी पाएका थिए ।
बैंकले माघ २४ मा खनाललाई कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको थियो । उनीसँग करिब डेढ दशक बैंकिङ क्षेत्रमा काम गरेकाे अनुभव छ । उनले एनआईसी एसिया क्यापिटलमा सीईओको रुपमा पनि काम गरिसकेका छन् ।
चैत ३०, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले चिफ मार्केटिङ अफिसर (सीएमओ) पदका लागि एक जना, चिफ वित्तीय अधिकारी (सीएओ) १ जना, शाखा प्रबन्धकहरू केही, चार्टर्ड एकाउन्टेन्ट केही, सीईओको कार्यालयमा कार्यकारी सचिव पदमा उम्मेद्वारहरू आवश्यक भएको जानकारी दिएको छ।
कम्पनीले योग्यता र अनुभव भएका नेपाली नागरिबाट भर्खरको फोटो र पूरा भरेको व्यक्तिगत विवरणसहित इमेलमार्फत सूचना प्रकाशित भएको मितिले दुई हप्ताभित्र आवेदन दिन भनेको छ ।
आइसिआइसिआई बैंक र हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेको अनुभव रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। ढकाल प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट पनि हुन्।...
साउन २, काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको बैठकले शुक्रवारदेखि नै लागू हुने गरी उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनीसँग आईसीआई बैैंक इन्डिया तथा हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ । उनी व्यवसायिक चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।
उनीसँग एनआईसी एशिया बैंकको विभिन्न पदमा १२ वर्षभन्दा बढीको बैंकिङ्ग अनुभव पनि रहेको छ । हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहेका उनले गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा समग्र व्यवसाय विस्तार र प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई नयाँ उचाई चुम्ने विश्वास लिएको क्यापिटलले बताएको छ ।