सासु कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी

काठमाडौं। सामाजिक सुरक्षा (सासु) कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त भएका छन् । कोषको सञ्चालक समितिले अधिकारीलाई सोमवार कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुमबहादुर केसीको संयोजकत्वमा गठित उपसमितिले कार्यकारी निर्देशकका लागि अधिकारीसहित लीलाराज ढकाल र अशोक पौडेलको नाम सिफारिश गरेको थियो । उपसमितिबाट सिफारिश भएका तीन जनामध्येबाट अनुभव, उनीहरूले पेश गरेको व्यावसायिक कार्ययोजना र नेतृत्व गर्ने क्षमता समेतलाई मूल्यांकन गरी सञ्चालक समितिले अधिकारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको उपप्रमुख कार्यकारी अधिकृतबाट एक वर्षअघि सेवानिवृत्त अधिकारी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । कोषको कार्यकारी निर्देशकको पदावधि चार वर्षको रहनेछ ।

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त

काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त भएका छन् । कोषकाे सञ्चालक समितिले अधिकारीलाई सोमबार कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुमबहादुर केसीको संयोजकत्वमा गठित उपसमितिले कार्यकारी निर्देशकका लागि अधिकारीसहित लीलाराज ढकाल र अशोक पौडेल गरेर तीन जनाको नाम सिफारिस गरेको थियो । उपसमितिमा […]