कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल

काठमाडौं। कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । शुक्रवार बसेको बैंकको सञ्चालक समिति बैठकले खनाललाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघिका सीईओ रमेशराज अर्यालले राजीनामा दिएपछि सञ्चालक समितिले खनाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई गाभ्नुअघि पनि उनी कुमारी बैंकको सीईओ थिए । वित्तीय क्षेत्रमा एक दशकभन्दा लामो अनुभव भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले यसअघि एनआईसी एसिया क्यापिटलमा पनि सीईओको जिम्मेवारी निर्वाह गरेका थिए । सिद्धार्थ र एनआईसी एसिया बैंकमा पनि माथिल्लो तहमा रहेर काम गरेको अनुभव उनीसँग छ ।

सम्बन्धित सामग्री

उपाध्याय र घिमिरे एनएमबिको डेपुटी सीईओमा बढुवा

४ साउन, काठमाडौं । एनएमबि बैंकले सुदेश उपाध्याय र गोविन्द घिमिरेलाई सहायक प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा बढुवा गरेको छ । ३१ भदौमा बसेको सञ्चालक समितिको बैठकले उपाध्याय र घिमीरेलाई डेपुटी सीईओमा बढुवा गर्ने निर्णय गरेको हो । ११ असोजदेखि डेपुटी सीईओको कार्यभार सम्हाल्ने गरी बढुवा गर्ने निर्णय भएको बैंकले जनाएको छ । विगत […]

सेञ्चुरी बैंकको सीईओमा मनोज न्यौपाने नियुक्त

सेञ्चुरी बैंकले करिब नौ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । बैंक सञ्चालक समितिको बैठकले यसअघि कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका मनोज न्यौपानेलाई नै बढुवा गरेर सीईओमा नियुक्त गरिएको हो ।

एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा कट्टेल नियुक्त

५ फागुन, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा इन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले कट्टेललाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनका कार्यकाल भने चैत्र २९ गदेदेखिमात्रै लागू हुने बैंकका कम्पनी सचिव श्यामबहादुर बोहराले जानकारी गराएका छन् ।

नेप्सेको सीईओमा कार्की नियुक्त

काठमडौं, माघ २१ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्की नियूक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले पाल्पा रिब्दिकोट गाउँपालिका ७ का कार्कीलाई सीईओमा नियूक्त गरेको हो । माघ १७ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियूक्त गरेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतका लागि परेका आवेदनमध्ये दोस्रो […]

नेप्सेकाे सीईओमा कार्की नियुक्त

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी पद (सीईओ)मा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त भएका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार कार्की नेप्सेको सीईओमा नियुक्त भएका हुन् ।नेप्सेका पूर्व कार्यकारी प्रमुख चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको सेयर इन्साइडर ट्रेडिङ्ग गरेको बाहिरिएपछि राजीनामा दिएका थिए ।

जगदम्बा मोटर्सको सीईओमा दिपक अग्रवाल नियुक्त

१६ पुस, काठमाडौं । जगदम्बा मोटर्स प्रालिको सीईओमा दिपक अग्रवाल नियुक्त भएका छन् । कम्पनीमा स्थापनाकालदेखि नै जोडिएका अग्रवाल यसअघि सोही कम्पनीका उपाध्यक्ष थिए । उद्योग, बैंकिङ, आईटी, अटोमोबाइल क्षेत्रमा नवनियुक्त सीईओ अग्रवालको अनुभवको रहेको छ | उनी नाडासँग पनि जोडिएका छन् |

सानिमा बैंकको सीईओमा पाण्डे

काठमाडौं, ४ पुस । सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिले पाण्डेलाई माघ १२ देखि लागू हुने गरेर सीईओमा नियुक्त गरेको जनाएको छ । वर्तमान सीइओ भुवन दाहालको कार्यकाल माघ ११ गते सकिदै छ । पाण्डेलाई सीइओ बनाउनको लागि नै केही दिन अगाडि बैंकले डेपुटी सीइओमा बढुवा गरेको […]

एभरेष्ट बैंकका सीईओमा सुदेश खालिङ नियुक्त, सम्हाले कार्यभार

सञ्चालक समितिको बैठकले खालिङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । ३५ वर्षदेखि बैंकिङ क्षेत्रको अनुभव रहेका खालिङले शुक्रबारदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ ।

नेरुडे लघुवित्तको सीईओमा बस्याल नियुक्त

८ भदौ, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा भोजराज बसयाल नियुक्त भएका छन् । संस्थाको सोमबार अपरान्ह बसेको सञ्चालक समितिको बेठकले बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाको कम्पनी सचिव ऋषिराम न्यौपानेका अनुसार उनको नियुक्ति सोमबारदेखि नै लागू भएको छ । पाल्पाको बगनासकली गाउँपालिका–६ स्थायी घर भएका बस्याल हाल काठमाडौं […]

सीसीएमसीको सीईओमा बालानन्द शर्मा नियुक्त

काठमाण्डाै - कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृत सीईओमा पूर्वरथी बालानन्द शर्मा नियुक्त हुनुभएको छ । हिजो बसेको मन्त्रिपरिषद्काे बैठकले निर्देशक समितिको सीईओमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभएको छ । उहाँलाई सरकारले सचिव सरहको सेवा सुविधा दिएर नियुक्त गरिएको हो । यसअघि उपप्रधानमन्त्री ईश्वर पोख्रेल संयोजक रहेको सीसीएमसीले खासै काम गर्न नसकेको गुनासोपछि प्रधानमन्त्रीको अध्यक्षतामा निर्...