लकडाउन उल्लंघन गरेकोमा बिग बोसको शुटिङ्ग रोकियो, एकलाख जरिवाना

एजेन्सी। भारतको तमिलनाडुमा चलिरहेको बिग बोस मलयालम सीजन ३ को शुटिङ्ग रोकिएको छ। कोरोनाको बढ्दो प्रकोपलाई मध्यनजर गर्दैै तमिलनाडुमा लकडाउन लगाइएको भएपनि शोका निर्माताहरुले शुटिङ्ग जारी राखेपछि प्रशासनले एक लाख भारु जरिवानासहित यसलाई शिल गरेको हो। हालै यस शोको ६ जना क्रू मेम्बर्समा कोरोना पोजेटिभ पाइएको थियो। बिग बोस मलयालमलाई दक्षिण भारतका सुपरस्टार मोहनलालले होस्ट गरिरहेका छन्।

सम्बन्धित सामग्री

लकडाउनको पक्षमा छैन सरकार

कोरोना संक्रमणको कारण तत्काल पूर्ण लकडाउन गर्ने पक्षमा सरकार नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शिक्षा स्वास्थ्य समितिको बैठकमा बोल्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले सरकार सकेसम्म लकडाउनमा नजाने बताए ।कार्यक्रममा उनले बरु संक्रमण रोक्नका लागि जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्नेलाई जरिवाना गर्ने, २–३ हप्ताको लागि निश्चित क्षेत्र बन्द गर्ने तर लकडाउनमा […]

लकडाउन कडा पार्दै सुनसरी प्रशासन : प्रहरी, सशस्त्र र सेना परिचालन

जेठ २, सुनसरी । दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको दर काठमाडौं पछि प्रदेश १ दोस्रो जोखिमको रूपमा रहेपछि जारी गरिएको निषेधाज्ञालाई जेठ १ गतेबाट कडाइका साथ लागू गरिएको छ ।  प्रदेश १ को तीन ओटा जिल्लामा संक्रमण बढेसँगै मृत्युदर दोब्बर देखिएपछि सावधानी अपनाउदै तीन ओटै जिल्लाका प्रसाशन कार्यालयहरूले निषेधाज्ञालाई कडाइका साथ पालना गराउन मातहतका सुरक्षाकर्मीहरूलाई निर्देशन दिएको छ ।  हालै बसेको प्रदेश १ सुरक्षा समितिले सुनसरी, मोरङ र झापामा कडाइका साथ निषेधाज्ञालाई पालना गराउने निर्णय गर्दै निर्णयको कार्यान्वयन थालनी भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए ।  प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बसेको सुरक्षा समितिको बैठकमा तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र नेपाली सेनाका मेजर, सहायक मेजर लगायतको उपस्थिति रहेको थियो ।  मुख्यतयः सुनसरीमा अट्टेरीपन बढेको र त्यसलाई तत्काल नियन्त्रण गर्न आक्रामक योजना सहित प्रशासन कठोर बनिने निर्णय भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।  ढकालले अब पनि जो कोहीले निषेधाज्ञा आदेशलाई उल्लंघन गरेको पाइएमा संक्रामक रोग ऐन, २०२० अन्तर्गत भए गरेको कसुरमा १ महीनासम्म कैद वा १०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने बताए । ऐन अन्तर्गत काममा बाधा पुर्‍याउनेलाई ६ महीनासम्म कैद वा ६०० सम्म जरिवाना वा दुवै सजाय हुने जानकारी दिइएको छ ।  सुरक्षा संयन्त्रमा नेपाली सेनाले समेत सहजिकरण गरेको जानकारी दिइएको छ । सुनसरीमा यस अघिनै वैशाख ३१ गतेबाट कडाइका साथ निषेधाज्ञा पालना गराउने निर्णय बमोजिम स्थानीयस्तरमा नेपाली सेनाले पनि सघाउ पुर्‍याउने बताइएको छ ।  सुनसरीको धरान, इटहरी र इनरूवामा नेपाली सेनाले शनिवार बिहानैदेखि कोरोना संक्रमणबारे स्थानीयहरूलाइ सचेत गराउँदै माइकिङ तथा सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।  सेना स्वयम राजमार्गमा निस्किएपछि प्रदेश १ का मुख्य जिल्लामा निषेधाज्ञा कडाइका साथ पालना भइरहेको पाइएको छ । मुख्य राजमार्ग सुनसान देखिएको छ भने बीना काम हिडडुल गर्ने स्थानीयहरूलाइ प्रहरीले बाटोबाटै फर्काउने गरेको छ ।

जब प्रियंकाले लण्डनमा लकडाउन उल्लंघन गरिन्...

बलिउड नायिका प्रियंका चोपडाले लण्डनमा लकडाउनको पालना नगरेको आरोप लगाइएको छ ।  यूकेमा कोरोना भाइरसको खतराका कारण लकडाउन गरिएको छ । जसमा पर्सनल केयर सर्भिस् जस्तै सैलुन, स्पा लगायतका सबै बन्द छन् ।  सबै बन्द हुँदा पनि प्रियंका सैलुन गएको र  कोभिड प्रोटोकल उल्लंकन गरेको बताइएको छ ।  प्रियंकालाई लण्डन प्रहरीले केही जरिवाना भने लगाएन । सैलुन सञ्चालकलाई मौखिक सुझाव दिँदै प्रहरी बाहिरिएको बताइएको छ ।  प्रहरीले प्रियंकालाई पनि कोरोनाबाट सुरक्षित हुनका लागि लकडाउनको पूर्ण पालनाका ल...

टोकियोमा एक महिनाको संकटकाल लाग्ने- उल्लंघन गर्नेलाई जरिवाना गरिने

यसपटकको संकटकाल वा लकडाउन अघिको जस्तो नहुने प्रधानमन्त्री सुगाले बताउनुभएको छ । उहाँले संसदमा यस विषयको कानुन संशोधन गरी संकटकालको पालना नगर्नेहरुलाई जरिवाना तिराउने प्रावधान राखिनेछ ।

लकडाउन उल्लंघन गर्नेबाट स्थानीय तहले उठायो २० हजार रुपैयाँ

लमजुङ : लमजुङको क्होलासोँथार गाउँपालिका वडा नम्बर १ ले लकडाउन उल्लंघन गर्नेहरुबाट २० हजार रुपैयाँ जरिवाना उठाएको छ। वडा कार्यालय र स्थानीय समाजले छलफल गरी लकडाउनका बेला गाउँमा प्रवेश गर्ने र गराउनेहरुलाई जरिवाना लिने निर्णय गरेको थियो।  गाउँमा आएका फरक फरक चार परिवारबाट २० हजार रुपैयाँ राजस्व संकलन...

https://www.onlinekhabar.com/2020/04/859192

१६ वैशाख, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई एक सय रुपैयाँदेखि हजार रुपैयाँसम्म जरिवाना लिन थालेको छ । महानगरीय प्रहरी वृत्त, थानकोट र नगरपालिकाको सहकार्यमा संक्रामक रोग सम्बन्धी ऐनमा भएको व्यवस्था अनुरुप …

लकडाउन उल्लंघन गर्नेलाई पाँच हजार जरिवाना

म्याग्दी : कोराना भाइरसको सम्भावित संक्रमणबाट जोगिन म्याग्दी र बाग्लुङको सिमानामा कडाइ गरिएको छ। सीमा रहेको म्याग्दीको मंगला गाउँपालिका–५ का वडा अध्यक्ष भूपेन्द्र खत्री र बाग्लुङको ताराखोला गाउँपालिका–४ का वडा अध्यक्ष जितबहादुर खत्रीलगायत जनप्रतिनिधिहरुको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइएमा पाँच हजार रु...

लकडाउन उल्लंघन गर्नेलाई कारवाही गरिने

तनहँुको बन्दिपुर गाउँपालिकाले लकडाउन उल्लंघन गर्ने नागरिकलाई आर्थिक जरिवाना गर्ने भएको छ

लकडाउन उल्लंघन गर्नेलाई १०० रुपैयाँ जरिवाना

बारा : सरकारले लगाएको लकडाउन र जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निषेधाज्ञा उल्लघन गर्ने बारामा १६ जना पक्राउ परेका छन्। निषेधाज्ञा आदेशको तेस्रो दिन जिल्लाका विभिन्न स्थानबाट बिहीबार १६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरुलाई प्रहरीले प्रतिव्यक्ति १०० रुपैयाँ जरिवाना पनि गरिएको छ। प्रहरीले नियन्त्रणम...

लकडाउन उल्लंघन गर्नेलाई एक महिना कैद र एक सय रुपैयाँसम्म जरिवाना

ट्राफिक प्रहरीले लकडाउन उल्लंघन गर्ने सवारीसाधनलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्ने तयारी गरेको छ ।