लकडाउन उल्लंघन गर्नेलाई कारवाही गरिने

तनहँुको बन्दिपुर गाउँपालिकाले लकडाउन उल्लंघन गर्ने नागरिकलाई आर्थिक जरिवाना गर्ने भएको छ

सम्बन्धित सामग्री

उपत्यकामा विस्तार हुँदै ट्राफिक लाइटको सञ्जाल, दशैंपछि थप १८ ठाउँमा लाइट जोडिने

काठमाडौं महानगरपालिका– १६ बालाजुका ३६ वर्षीय राम थापा १ वर्षअगाडि लकडाउन खुलेको समयमा सिंहदरबारको पश्चिम गेटअगाडि ट्राफिक लाइट उल्लङ्घन गर्दा कारवाहीमा परे ।  भर्खर सामान्य लकडाउन खुलेको समयमा त्यहाँ ट्राफिक लाइट छ भन्ने भेउ (पत्तो)सम्म पाएनन् ।  पाऊन् पनि कसरी त्यसभन्दा अगाडि त्यहाँ भएका ट्राफिक लाइटहरू बल्दैनथे । दैनिक बानेश्वर कार्यालय आउने उनी करीब ८ वर्षपछि लाइट सञ्चालनमा आएकोमा खुशी थिए, कारवाही परेको भन्दा पनि । उनले लकडाउनकै समयमा अनलाइनमार्फत ट्राफिकको कक्षा लिए । १ हजार जरिवाना समेत तिर...

लकडाउन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गर्दै प्रहरी

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लघङ्न गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारवाही गर्न थालेको छ । गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म कञ्चनपुरमा प्रहरीले लकडाउन उल्लङ्घन गर्ने पाँच हजार ५१३ पैदलयात्री र नौ हजार २८६ सवारी साधनलाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । “लकडाउन उल्लङ्घन गर्नेदेखि सरकारले स्वास्थ्य सतर्कता अपनाउन तोकिएको मापदण्डविपरीत गर्ने दुग्ध उद्योगदेखि विवाहका जन्तीसम्मलाई कारवाही गरिएको छ”, प्रवक्ता थापाले भन्नुभयो, “लकडाउन पालना गर्न जिल्लाभर प्रहरी सक्रियरूपमा लागिपरेको छ ।” उहाँले महेन्द्रनगरमा दुग्ध उद्योगमा मदिरा बिक्री गरिरहेको पाइएपछि सञ्चालकलाई नियन्त्रणमा लिनुका साथै स्वास्थ्य सुरक्षा सतर्कता नपनाएको भन्दै यहाँस्थित बिबीमार्टका दुई जनालाई कारवाही गरिएको बताउनुभयो ।

कास्कीमा लकडाउन कडाः अब सडकमा हिंडे पनि कारवाही

लकडाउनको समयमा घरमा बस्दाबस्दा दिक्क लागेर घरबाहिर जाँदै हुनुहुन्छ ? अब यसमा विचार गर्नुहोला । किनकी तपाइँ प्रहरीको फन्दामा पर्नुहोला ।

सुर्खेतमा लकडाउन थप कडाइ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेपाल सरकारले जारी गरेको लकडाउन उल्लङ्घन गर्ने नागरिक तथा सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । गत चैत ११ देखि वैशाख ३१ गतेसम्म लकडाउन उल्लङ्घन गर्ने दुई हजार २८२ नागरिक र ६५१ सवारी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकामध्ये ४०२ सवारी साधन ट्राफिक कारवाही गरेर छाडिएको २४९ प्रहरी नियन्त्रणमै रहेको सो कार्यलयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।

७३ हजारलाई कारवाही, १३ हजार सवारी नियन्त्रण, दुई सय उजुरी

उपत्यकाको तीन जिल्लामा लकडाउनको एक महिनाको अवधिमा १६ हजार महिलासहित ७३ हजार १६१ जनालाई कारवाही गरिएको छ । झण्डै १३ हजार सवारी नियन्त्रणमा लिइएको छ । प्रहरीले अत्यावश्यक काम परेमा हटलाइन १०० वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न भनेको छ । दैनिकरूपमा उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने दुई हजार कारवाहीमा परिरहेका छन् ।

लकडाउन खुकुलो छैन है, प्रहरीले समात्ला नि !

काठमाडौः केही दिनदेखि काठमाडौं उपत्यकाभित्र लकडाउन खुकुलो भएको धेरैले महसुस गरेका छन्। बिहान र बेलुका घर फर्किन सडकमा निस्किने मानिसको सङ्ख्याले पनि लकडाउन खुकुलो भएको संकेत गरिरहेको छ। तर प्रहरीले लकडाउन पालन गर्न अनुरोध गरेको छ। कोही पनि अनावश्यक रुपमा सडकमा निस्किए कारवाही गरिरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज

लकडाउनमा पनि मापसे गरेर सडकमा, २१ सवारी चालकमाथि कारवाही

काठमाडौं : लकडाउन अवधिभरमा मादक पदार्थ पिएर सवारी साधन सञ्चालन गरेका माथि कारवाही भएको छ। मापसे गरेर चलाइएका सवारीसाधनलाई लकडाउनभर नियन्त्रणमा राखिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।  यस अवधिमा २१ जनाले मापसे गरेर सवारी साधन चलाएको उनले बताए। तिनीहरुको सावारी सा...

लकडाउन मिच्नेलाई २ घण्टा सडकमै उभ्याइने !

काठमाडौं । सरकारले लागु गरेको लकडाउन उल्लंघनकर्तालाई सोही ठाउँमै कारवाही गरिने भएको छ । प्रहरी भ्यानमा हालेर