काठमाडौं : प्रदेशले नाम र स्थायी राजधानी पाएको उपलक्ष्यमा प्रदेश सरकारले मंगलबार बिदाको घोषणा गरेको छ।मधेस प्रदेशका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मंगलबार सार्वजनिक बिदाको घोषणा गरेका हुन्। यसअघिको प्रदेश २ ले सोमबार ‘मधेस’ नाम र स्थायी राजधानी जनकपुरधाम पाएको छ।चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी छनोट गर्न सफल भएको छ। मधेसको पक्षमा ८० जना प्रदेशसभा सदस्य र ७८ जनाले स्थायी राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका थिए।