अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीवार राति इस्लामिक स्टेट खोरासान प्रोभिन्स (आईएसकेपी, आईएसआईएस–के, आईएसके) का दुई आत्मघाती आक्रमणकारीले बम विस्फोट गराउँदा १०० भन्दा बढी मानिसको ज्यान गएको छ ।
यस्तो किसिमको आक्रमण हुन सक्ने भनी अमेरिका, बेलायत र युरोपेली संघले चेतावनी दिँदै आफ्ना नागरिकलाई विमानस्थलबाट हट्न आग्रह गरिरहेका थिए । आखिर उनीहरूले आशंका गरेको अप्रिय घटना भइछाड्यो ।
आक्रमणमा १३ जना अमेरिकी सैनिक तथा ९० जना अफगान सर्वसाधारणको मृत्यु भएको जानकारी द वाल स्ट्रीट...