तालिबान र अमेरिकाबीच के भयो कुरा ?

अफगानिस्तानमा उग्रवादी समूहहरूलाई रोक्नका लागि सहायता नगर्ने तालिबान अधिकारीहरूले अमेरिकीहरूलाई बताएका छन् । अमेरिकाले गत अगस्ट महिनामा अफगानिस्तानबाट हतारहतार बहिर्गमन गरेपछि पहिलोपटक दुई पक्षबीच वार्ता भएको हो ।  अमेरिकी अधिकारीहरू तालिबान प्रतिनिधिहरूलाई भेट्न कतारको राजधानी दोहा पुगेका छन् । उनीहरू विदेशी नागरिकको सुरक्षित बहिर्गमन तथा अतिवादी समूहहरूलाई नियन्त्रणका विषयमा कुराकानी गर्न त्यहाँ पुगेका हुन् ।  तालिबानले बहिर्गमनमा सहयोग गर्ने भने पनि इस्लामिक स्टेट नामक आतंकवादी समूहलाई रोक्नका ल...