एमालेको प्रतिवद्धता– पोखरामा मोनोरेल र मेट्रोरेल

एमालेले पोखरामा मोनोरेल र मेट्रोरेलसहितको चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ । ‘श्रम सीप जुटाऔँ, पोखरालाई उठाऔँ’ भन्ने नारासहित एमालेले आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनको प्रतिवद्धता पत्र शनिबार सार्वजनिक गरेको...

सम्बन्धित सामग्री

उपत्यकामा मेट्रो र मोनोरेल

पछिल्ला वर्ष आर्थिक रूपमा देशले कोल्टे फेर्छ, विकासले गति लिन्छ, रोजगारीका अवसर खुल्छन् र नेपाल विकसित हुन्छ भनियो । काठमाडौँमा मेट्रोरेल गुड्छ, देशको पूर्व पश्चिम रेल गुड्छ । घण्टौँ लाग्ने स्थानमा केही घण्टामै पुग्न सकिन्छ पनि भनियो । काठमाडौँ उपत्यका सधैँ ट्राफिक जाम हुने सहर हो । यहाँको ट्राफिक जाम कम गर्न मेट्रोरेल कुदाउने भनियो । दलहरूले आफ्नो घोषणापत्रमार्फत पनि मेट्रोरेलको सपना बाँडे । दुई वर्षमै मोनोरेल र तीन वर्षमा मेट्रोरेल कुदाउने योजना पनि बाँडियो । महानगरको अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्न केबुलकार, मोनोरेल तथा विद्युतीय स्मार्ट गाडी सञ्चालनमा ल्याउने योजना सुनियो तर कुनै काम अहिलेसम्म हुन सकेको छैन ।

यातायातदेखि पर्यटन पूर्वाधारमा लगानी खोज्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले यातायातदेखि    पर्यटन   पूर्वाधारसम्मका क्षेत्रमा लगानी खोजिरहेको छ । त्यस्ता परियोजनामा लगानी साझेदारीका लागि महानगरमा सीधै प्रस्ताव गर्न सकिनेछ । प्रस्ताव आह्वान नभएका परियोजनामा पनि निजीक्षेत्रले सार्वजनिक निजी साझेदारीका लागि प्रस्ताव गर्न सक्नेगरी महानगरपालिकाले ‘साझेदारी तथा लगानी ऐन, २०७९’ कार्यान्वयनमा ल्याएको हो । ऐनमा पूर्वाधार संरचनामा लगानी गर्न सकिने व्यवस्था गरिएको छ । त्यसअन्तर्गत सडक, फ्लाईओभर, सुरुङमार्ग, पुल, अस्पताल, मोनोरेल, मेट्रोरेल, स्काईरेल, केबलकार, रेलवे, ट्रलिबस, ट्रामवे, बस र्‍यापिड ट्रान्जिट, जलमार्ग र परिवहन बिसौनीस्थल निर्माणका लागि लगानी गर्न सकिनेछ । यसैगरी सुक्खा बन्दरगाह, विमानस्थल, प्रदर्शनीस्थल, पार्क, सञ्चार तथा सूचना प्रविधि, वित्तीय बजार पूर्वाधार, विशेष आर्थिक तथा औद्योगिक क्षेत्र, कृषि क्षेत्र, शिक्षा क्षेत्र, होटल/पर्यटन क्षेत्र र सवारीसाधन पार्किङ संरचनामा लगानी गर्न सकिने व्यवस्था गरिएको छ । उक्त ऐनले जलाशय, पोखरी, बाँध, ढल निकास, फोहोरमैला प्रशोधन तथा व्यवस्थापन, ऊर्जा उत्पादन, विद्युत् प्रसारण तथा वितरण प्रणाली, रंगशाला, मनोरञ्जन पार्क, शहरी सौन्दर्यकरण, सार्वजनिक सभागृह, बहुउद्देश्यीय भवन, सार्वजनिक गोदामघर, शीतभण्डारसँग सम्बन्धित पूर्वाधार र सार्वजनिक तथा सामाजिक महत्त्वका संरचनामा समेत लगानी गर्न बाटो खोलिदिएको छ । महानगरको सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेशकुमार काफ्लेले ऐनमा खुलाइएअनुसार लगानीका लागि बाटो खुला भइसकेको बताए । ‘ऐनमा साझेदारी बोर्डको परिकल्पना गरेअनुसार महानगर प्रमुखको अध्यक्षतामा बोर्ड गठनका लागि महानगरले टिप्पणी उठाइसकेको छ, छिट्टै सदर हुनेछ,’ उनले भने । उक्त ऐनअनुसार अब जो कोहीले पनि महानगरमा परियोजना पेश गर्न सक्नेछन् । ऐनमा आह्वान नगरिएको प्रस्तावमा समेत लगानी साझेदारीका लागि महानगरमा निवेदन दिन सकिने व्यवस्था छ । ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि प्रस्तावक स्वयंले सार्वजनिक निजी साझेदारीको माध्यमबाट परियोजना कार्यान्वयन गर्न महानगरपालिकामा प्रस्ताव पेश गर्न सक्नेछन्,’ महानगरपालिकाको ऐनमा भनिएको छ । महानगरका निर्देशक वसन्त आचार्यका अनुसार लगानी गर्न चाहनेले परियोजनाको विवरण, प्रस्तावकको प्राविधिक तथा वित्तीय क्षमतासहितको विवरण र परियोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन भए त्यस्तो प्रतिवेदन पनि सँगै दिनुपर्नेछ । त्यस्तो प्रस्तावमा प्रस्तावित व्यावसायिक योजना, परियोजनामा प्रयोग हुने प्रविधि र परियोजनाबाट प्राप्त हुने सम्भावित लाभको विवरण देखाउनुपर्नेछ । प्रस्तावको मूल्यांकन समितिको सिफारिशको आधारमा सो परियोजनाको अध्ययन, सर्वेक्षण, परियोजना विकास तथा सञ्चालनका लागि मूल्यांकन समितिले तोकेको प्रक्रिया पूरा गरी इजाजतपत्र दिने व्यवस्था गरिएको छ । महानगरले उक्त ऐनमा सार्वजनिक निजी साझेदारी लगानीमा परियोजना कार्यान्वयन गर्न सकिने व्यवस्था स्पष्ट पारेको हो । सार्वजनिक निजी साझेदारी वा निजी लगानीका ५ करोड रुपैयाँभन्दा बढीका परियोजना कार्यान्वयनका लागि महानगरको कार्यपालिकाबाट स्वीकृत गराउनुपर्ने व्यवस्था छ । यस्तै पाँच करोड रुपैयाँसम्मका परियोजना सम्बन्धित वडा समितिबाट स्वीकृत गराउनुपर्नेछ । महानगरपालिकाअन्तर्गत एकै प्रकृतिका एकभन्दा बढी परियोजना सार्वजनिक निजी साझेदारीमा कार्यान्वयन गर्न सकिनेछ । ऐन राजपत्रमा प्रकाशित भइसकेकाले कार्यान्वयनको बाटो खुलेको महानगरका निर्देशक आचार्यले बताएका छन् ।

काठमाडौं उपत्यकामा मोनो/मेट्रो रेलको चर्चा : दुई महानगरका आ-आफ्नै तर्क

काठमाडौं : ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्। उनले उठाएको सो विषयले यतिवेला चर्चा पाएको छ।  उपत्यकामा मोनोरेल/मेट्रोरेल सञ्चालन गर्ने विषय करिब ५ वर्षदेखि चर्चामा रहेको छ। ५ वर्षअघि स्थानीय तहको निर्वाचनको माहोल तात्दै गर्दा काठमाडौंमा निकै बहसको विषय बनेको थियो रेल सञ्चालन। सबैजसो पार्टीहरूले आफ्नो चुनावी एजेन्डामा मेट्रा/मोनो रेल समावेश गरेका थिए। त्यसबाट काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य पनि अ

पोखरा : याे चुनावमा पनि एमालेको घोषणापत्रमा फ्लाइओभरदेखि मेट्रो रेलसम्म समावेश

कास्की – नेकपा एमाले पोखरा महानगर कमिटीले घोषणापत्र सार्वजनिक गरेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरमा एमालेका तर्फबाट मेयरका उम्मेदवार कृष्णबहादुर थापा र उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरूङ, पोखरा महागनरपालिका मेयर मानबहादुर जिसी लगाएतले घोषणपत्र सार्वजनिक गरेका हुन् ।  घोषणपत्रमा पोखरामा फ्लाइओभर, टनेल, ओभरहेड ब्रिज, मनोरेल र मेट्रोरेल सञ्चालन ल्याउने उल्लेख छ । एमालेको यसअघिको चुनावको घोषणापत्रमा मोनोरेल र मेट्रो रेल सञ्चालनलाई समा...

चुनावमा कहीं सुनिएन मोनोरेल, मेट्रोरेल र मेट्रोसिटीको कुरा

काठमाडौं, १५ वैशाख । २०७४ को स्थानीय चुनावमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारहरुले मेट्रो सिटीका कुरा गरे । कतिपयले यसबारे बुझ्दै नबुझी बोले । मेट्रो सिटी बनाउने कुरा उम्मेदवारहरुका लागि फेशन नै बन्यो । नगरका उम्मेदवारहरुले मेट्रोरेल र मोनोरेलको कुरा गरे । देशलाई सिंगापुर र स्वीजरल्यान्ड जस्तो बनाउँछु भने । ठूला ठूला […]

रेलमार्गको कमसल सामग्री हटाएर पुनर्निर्माण गरिँदै

रौतहट, (नेस) । रौतहटको चन्द्रपुरमा निर्माण भइरहेको रेलमार्गमा प्रयोग भएको कमसल सामग्री हटाएर पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको छ । रेल मेट्रोरेल तथा मोनोरेल विकास आयोजनाले निर्माण भइरहेको रेलमार्गमा प्रयोग भएको कमसल सामग्री हटाउन निर्देशन दिएसँगै निर्माण कम्पनीले सो सामग्री हटाएको हो । कमसल सामग्री प्रयोग भएको विषयमा नेपाल समाचारपत्रमा समाचार प्रकाशन भएपछि सो निर्देशन दिइएको […]

काठमाडौँ उपत्यकामा मोनोरेल कि मेट्रोरेल ?

काठमाडौँ उपत्यकामा रेल कहिले गुड्छ ? काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई तीन वर्ष अघिसम्म यो प्रश्न निकै प्यारो लाग्थ्यो । तर, अहिले यसैले उनलाई गिज्याउन थालेको छ ।काठमाडौँमा आफ्नै कार्यकालमा मेट्रोरेल, मोनोरेल सञ्चालन गर्ने, स्मार्ट सिटी बनाउने लगायतका घोषणा गरेर विद्यासुन्दर शाक्य चार वर्षअघि काठमाडौँको मेयरमा विजयी भएका हुन् ।आगामी फागुनमा कार्यकाल सकिँदासम्म रेल गुड्ने त परै जाओस्, यसको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनसम्म तयार हुने सम्भावना न्यून छ । मोनोरेल सञ्चालनबारे

काकडभिट्टा-इनरुवा खण्ड रेलमार्ग निर्माण ठेक्का स्थगित

काठमाडौं : सरकारले पूर्व–पश्चिम रेलमार्गको काकडभिट्टा–इनरुवा खण्ड निर्माणको ठेक्का स्थगित गरेको छ।  रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गर्दै हाललाई रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो। जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग...

रेलमार्गको विवादित ठेक्का स्थगित

२३ भदौ, काठमाडौं । पूर्व-पश्चिम रेलमार्गको काक्कडभिट्टा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्द भएको छ । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का रद्द भएको जानकारी दिएको हो । जग्गाको मुआब्जा वितरण टुंगो …