काठमाडौँ उपत्यकामा मोनोरेल कि मेट्रोरेल ?

काठमाडौँ उपत्यकामा रेल कहिले गुड्छ ? काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई तीन वर्ष अघिसम्म यो प्रश्न निकै प्यारो लाग्थ्यो । तर, अहिले यसैले उनलाई गिज्याउन थालेको छ ।काठमाडौँमा आफ्नै कार्यकालमा मेट्रोरेल, मोनोरेल सञ्चालन गर्ने, स्मार्ट सिटी बनाउने लगायतका घोषणा गरेर विद्यासुन्दर शाक्य चार वर्षअघि काठमाडौँको मेयरमा विजयी भएका हुन् ।आगामी फागुनमा कार्यकाल सकिँदासम्म रेल गुड्ने त परै जाओस्, यसको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनसम्म तयार हुने सम्भावना न्यून छ । मोनोरेल सञ्चालनबारे

सम्बन्धित सामग्री

उपत्यकामा मेट्रो र मोनोरेल

पछिल्ला वर्ष आर्थिक रूपमा देशले कोल्टे फेर्छ, विकासले गति लिन्छ, रोजगारीका अवसर खुल्छन् र नेपाल विकसित हुन्छ भनियो । काठमाडौँमा मेट्रोरेल गुड्छ, देशको पूर्व पश्चिम रेल गुड्छ । घण्टौँ लाग्ने स्थानमा केही घण्टामै पुग्न सकिन्छ पनि भनियो । काठमाडौँ उपत्यका सधैँ ट्राफिक जाम हुने सहर हो । यहाँको ट्राफिक जाम कम गर्न मेट्रोरेल कुदाउने भनियो । दलहरूले आफ्नो घोषणापत्रमार्फत पनि मेट्रोरेलको सपना बाँडे । दुई वर्षमै मोनोरेल र तीन वर्षमा मेट्रोरेल कुदाउने योजना पनि बाँडियो । महानगरको अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्न केबुलकार, मोनोरेल तथा विद्युतीय स्मार्ट गाडी सञ्चालनमा ल्याउने योजना सुनियो तर कुनै काम अहिलेसम्म हुन सकेको छैन ।