ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई आज बुंगमती फिर्ता लगिएको छ। जावलाखेलमा भोटोजात्रा सम्पन्न भएपछि रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको हो।
रातो मछिन्द्रनाथलाई खटमा राखेर बुंगमति फिर्ता लग्दा मानिसहरुले दायाँबायाँ बसेर छ्वाली (गहुँको पराल) बालेका थिए। रातो मछिन्द्रनाथको मुर्तिलाई नख्खु हुँदै बुङमतिमा रहेको मन्दिरमा प्रतिस्थापन गर्ने बेलासम्म…