वर्ष २०७९ लाई फर्केर हेर्दा : यी हुन् धितोपत्र बजार विकासका लागि भएका महत्त्वपूर्ण काम

काठमाडौं । गएको वर्ष धितोपत्र बजार विकासका लागि विभिन्न महत्त्वपूर्ण काम भए । तीमध्ये डेडिकेटेड टीएमएसका लागि नियमावलीमा संशोधनदेखि एसएमईज प्ल्याटफर्मका लागि कानूनी व्यवस्थाको पहल गर्नेसम्मका छन् ।   डेडिकेटेड टीएमएसका लागि नियमावलीमा संशोधन नेप्सेको कारोबार प्रणालीसँग आबद्ध हुने गरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) स्थापना गर्न सक्ने व्यवस्था लागू गरिएको छ । धितोपत्र दलाल तथा व्यापारीले प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्न तथा लगानीकर्ताले विकसित बजारमा उपलब्ध भएका विशेषता तथा सुविधासहितको सेवा प्राप्त गर्न सक्ने गरी धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को तेस्रो संशोधन गरी २०७९ वैशाख १६ देखि लागू गरिएको हो । मर्जर तथा एक्विजिशनमा स्पष्ट व्यवस्था  सूचीकृत संगठित संस्थाको मर्जर तथा एक्विजिशनका क्रममा शेयर कारोबार रोक्का लगायतका समस्या रहेकोमा उक्त समस्या समाधान भएको छ । मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समय शेयर कारोबार रोक्का हुने समस्या अन्त्यका लागि बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बनाई स्पष्ट नीति तथा व्यवस्था गरेको छ । आस्बा शुल्कमा पुनरवलोकन  सर्वसाधारण लगानीकर्ताको हकहितलाई ध्यान दिँदै बैंक वा वित्तीय संस्थाले धितोपत्र खरीदसम्बन्धी सुविधा उपलब्ध गराएबापत बढीमा रू. १०० सेवा शुल्क लिन सक्नेमा सो सेवा शुल्क घटाई बढीमा रू. ५ सेवा शुल्क लिन सक्नेगरी आस्बा शुल्क घटाइएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओमा १० प्रतिशत आरक्षण वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक निष्कासनमा १० प्रतिशत शेयर आरक्षण व्यवस्था हुने गरी ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’मा छैटौं संशोधन सरकारबाट स्वीकृत भई २०७९ भदौ २६ गतेदेखि लागू गरिएको छ । बोर्डले ‘धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४’मा संशोधन गरी विदेशमा रोजगार गरेका नेपालीलाई शेयर निष्कासन सम्बन्धी व्यवस्था गरेको छ । धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका लागू बोर्डले धितोपत्र दलाल व्यवसायी शाखा सहज रूपमा विस्तार गरी धितोपत्रको दोस्रो बजारको पहुँचमा वृद्धि गर्ने उद्देश्यले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका’ बनाई २०७९ फागुन ४ गतेदेखि लागू गरेको छ । उक्त निर्देशिकाले धितोपत्र दलाल व्यवसायीलाई शाखा कार्यालय विस्तार गर्ने कार्यलाई व्यवस्थित गर्दै एकरूपता ल्याउन विभिन्न व्यवस्था गरेको छ । विशिष्टीकृत लगानी व्यवस्थापकलाई अनुमतिपत्र पर्याप्त स्वपूँजी तथा धितो सुरक्षण नभएका स्टार्टअपका लागि पूँजी परिचालनको वैकल्पिक साधनको रूपमा पहिलोपटक नौओटा विशिष्टीकृत लगानी कोष व्यवस्थापकलाई अनुमतिपत्र जारी गरिएको छ । पहिलो चरणमा रू. ५ अर्ब रकम संकलन र परिचालनलाई स्वीकृति समेत दिइएको छ । नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्ज सञ्चालनको तयारी पूँजी बजारमा दोस्रो स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्ज सञ्चालनको तयारी धितोपत्र बोर्डले गरेको छ । एक नयाँ स्टक एक्सचेञ्ज र दुई कमोडिटी एक्सचेञ्ज सञ्चालनका लागि बोर्डले लाइसेन्स वितरणको तयारी गरेको हो । बोर्डले धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउने तयारीस्वरूप ‘धितोपत्र बजार सञ्चालन नियामावली, २०७९’को दोस्रो संशोधन गत भदौ २६ गतेदेखि लागू गरेको छ । एसएमईज प्ल्याटफर्मका लागि कानूनी व्यवस्थाको पहल  धितोपत्र बजार सूचकांकमा हुने उतारचढावमा न्यूनीकरण गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा छुट्टै एसएमईज प्ल्याटफर्म सञ्चालनका लागि आवश्यक नियमावली तर्जुमा गरेको छ । बोर्डका विज्ञ सञ्चालकको संयोजकत्वमा गठित एक उच्चस्तरीय समितिले तयार गरेको उक्त नियमावली यसै आर्थिक वर्षभित्र लागू गरी एसएमईज प्ल्याटफर्म सञ्चालनको तयारी बोर्डले गरेको छ ।

सम्बन्धित सामग्री

महिला साफ च्याम्पियनसिपलाई फर्केर हेर्दा…

काठमाडौं, भदौ ११। महिला साफ च्याम्पियनसिप, दक्षिण एसियाली फूटबल महासंघ९साफ०ले आयोजना गर्ने मुख्य महिला फूटबल प्रतियोगिता । सन् २०१० बाट शुरु भएको प्रतियोगिताको छैटौं संस्करण यहि भदौ २१ गते देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ । नेपालले पछिल्लो ३ वर्षमा दोस्रोपटक महिला साफको आयोजना गर्न लागेको हो । प्रतियोगितामा ७ टोली आयोजक […]

जनयुद्धलाई फर्केर हेर्दा

जनयुद्धलाई फर्केर हेर्दा प्रश्न गर्न सकिन्छ– हाम्रा आदर्श र सपना किन बोझ बने ? हाम्रो पुस्ता किन यदुवंशीमा

‘स्थानीय तह’ निर्वाचन इतिहासलाई फर्केर हेर्दा…

काठमाडौं । सरकारले स्थानीय तहको आगामी निर्वाचन ३० वैशाखमा गर्नेगरी घोषणा गरेको छ । स्थानीय तह निर्वाचनका सन्दर्भमा संविधान र कानुनप्रति राजनीतिकका बुझाइमा देखिएको फरकपन र दुविधाबीच मिति घोषणा भएसँगै निर्वाचनको अन्योल स्वतः हटेको छ । नेपालमा स्थानीय तहको पहिलो निर्वाचन २९ जेठ २००४ मा काठमाडौं म्युनिसिपालिटी प्रारम्भ भएको इतिहास छ । नेपालको संविधान जारी […] The post ‘स्थानीय तह’ निर्वाचन इतिहासलाई फर्केर हेर्दा… appeared first on राजधानी राष्ट्रिय दैनिक.

२०७४ लाई फर्केर हेर्दा : ११ उपमहानगरमा एमाले हाबी, माओवादी निल !

यसअघि नै रातोपाटीले २०७४ को स्थानीय तह निर्वाचनमा ६ वटा महानगरमा कुन दलको कस्तो अवस्था थियो भनेर हामीले विश्लेषण गरिसकेकाे छ । हेर्नुहोस् लिंक ( २०७४ लाई फर्केर हेर्दा : देशका ६ महानगरमा कुन दलको अवस्था कस्तो ?) आज भने देशका उप–महानगरपालिकाहरुमा पछिल्लो स्थानीय निर्वाचनमा दलगत अवस्था कस्तो थियो भन्ने बारेमा चर्चा गर्न खोजिएको छ ।हाल देशभर ११ वटा उप–महानगरपालिकाहरु कायम छन् । यसमध्ये प्रदेश १ मा २, मधेस प्रदेशमा ३, बागमती प्रदेशमा १, लुम्बिनी प्रदेशमा ४ तथा सुदूरपश्चिम प्रदेशमा १

अतीतलाई फर्केर हेर्दा

तिमी हिमाल भएको देखेकै छु तुषारोको पर्दा भित्र छेकिए पनि त्यसैले चियाइरहेको छु, मन अझै सङ्लिन्छ कि भनी।

एमालेको नवौं महाधिवेशनलाई फर्केर हेर्दा

काठमाडौं, १८ असार । नेकपा एमालेको आज बस्ने केन्द्रीय कमिटी बैठकमा चासो छ । नवौं महाधिवेशनको निर्वाचित कमिटीका सदस्य र पछि थपिएकालाई बैठकमा निम्तो छ । वरिष्ठ नेता माधवकुमार नेपाल खेमालाई पनि निम्तो छ । तर, नेपाल खेमा आजको बैठकमा सहभागी नुहने भएको छ । उपाध्यक्ष बामदेव गौतम भने सहभागी हुनेछन् । २०७१ सालको असारमा […]

विगतलाई फर्केर हेर्दा...

सबैजान खेल्दै थियौँ, घरकाले थाहा पाएछन्। सबैका बुवाहरु हामीलाई खोज्न खोलामै आएछन्। त्यो दिन कसैको चप्पल हराए, कसैले गन्जी उहीँ छोडेछ, कसैको चप्पल चुँडिएछ। एकजना मेरै साथीलाई त घरमा ल्याएर उसको बुवाले बाँधेर कुटेछन्। भोलिपल्ट विचरोलाई ज्वरो आएर स्कुल नै गएन।

फर्केर हेर्दा २०७७...!

काठमाण्डाै – कोरोना कहरबीच सुरु भएको २०७७ कोरोनाको अर्को लहरको त्रासबीच बिदा हुँदैछ । कोरोनाको कहरसँगै राजनीतिक घटनाक्रमले २०७७ साल उथलपुथल रूपमा बित्यो तर विकास निर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भने २०७७ साल केही सम्झनलायक वर्षको रूपमा रहेको छ । सातै प्रदेशमा औद्योगिक क्षेत्र र सबै पालिकामा अस्पताल बनाउन सुरु गरिएको छ । सबै पालिका र निर्वाचन क्षेत्रलाई पक्की सडकले जोड्ने रणनीतिक महत्त्वको सडक निर्माणको शुभारम्भ भएको छ । भारतले मिचेको नेपाली भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरिएको छ । बहुप्रतिक्षित मेल...

जीवनलाई फर्केर हेर्दा…

अनि सम्झन्छु, चिना बनाइदिने छिमेकी ज्योतिषी गोपी दाइले चिना हेर्दै ‘यसले राजाको सिन्दुर पहिरिन्छ’ भनेको कुरा र बाबु ठूलो भएर के बन्छौ? भन्ने धेरैको प्रश्नमा म निरुत्तरित हुँदा हत्त न पत्त आमाले अब ‘भाग्यमा जे लेखेको छ त्यही बन्छ नि मेरो छोरो’ भन्दै मलाई सहज बनाइदिएको क्षणहरूलाई।