दशैँ पर्व हिन्दू धर्मावलम्बीको मात्र भनिए तापनि अहिले दशैँ पर्व अधिकांश नेपालीहरुले मनाउने गरेको पाइन्छ । विजया दशमी आश्विन शुक्ल पक्षमा धूमधामका साथ मनाइन्छ । यस पर्वको महत्व एवं ऐतिहासिकता धर्म विशेषसँग जोडिए तापनि आजको सन्दर्भमा यसलाई त्यतिसम्म सीमित राख्न न्यायोचित देखिँदैन । नेपालको सन्दर्भमा आज दशैँ एउटा राष्ट्रिय पर्वकै रूपमा संस्थागत भइसकेको छ । […]