खानपानमा ध्यान दिए मिर्गौला स्वस्थ

काठमाडौं, फागुन २६ । बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थालेको आठ वर्ष बितिसक्यो । अहिलेसम्म उनको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । तुलसीका श्रीमानले श्रीमतीलाई मिर्गौला दान गर्न तयार भए तर उनलाई मधुमेहलगायतका रोग देखिएपछि हालसम्म मिर्गौला प्रत्यारोपण हुन नसकेको हो । विगत आठ वर्षदेखि डायलासिस गराइरहेकी तुलसीका लागि अन्य आफन्तले पनि मिर्गौला दान दिन […]

सम्बन्धित सामग्री

कसरी गर्ने बालबच्चाको मिर्गौलाको सुरक्षा ?

मिर्गौलासम्बन्धी समस्याले वयस्कलाई मात्रै होइन बालबच्चालाई समेत प्रभावित पारेको छ । समयमा मिर्गौलाको हेरचाहमा ध्यान नपुर्‍याउँदा यसैको कारण धेरै बच्चाको ज्यानसमेत गुमेको छ । आमाबाबुको सामान्य लापरवाहीले भविष्यका कर्णधार मानिएका बच्चाको पछि गएर मिर्गौला फेल भएका छन् । मिर्गौला रोगको लक्षण अन्तिम अवस्थामा मात्रै थाहा पाइने हुनाले कम्तीमा हरेक वर्ष पिसाब वा रगत जाँचेर यस […]

तपाईंका बालबालिकाको मिर्गौला त ठीक छ ?

समयमा मिर्गौलाको हेरचाहमा ध्यान नपुर्‍याउँदा धेरै बालबालिकाहरूको अल्पायुमै ज्यान गुमेको छ ।

मिर्गौला प्रत्यारोपणमा कानूनी जटिलता

आधुनिक जीवनशैली, व्यस्त दिनचर्या, खानपान आदिले गर्दा मानव जीवनको स्वास्थ्यमा असर परिराखेको हुन्छ जसको फलस्वरूप नेपालमा वर्षेनि विभिन्न प्रकारका रोगीहरूको मात्रा बढ्दै गएको पाइन्छ । मिर्गौलाका बिरामीहरू पनि थपिन थालेका छन् । कतिपयको मिर्गौलाले काम नगर्दा फेर्नु नै पर्ने बाध्यता छ । डायलासिस गर्ने भनेको अस्थायी निराकरण मात्र हो । स्थायी उपचारको लागि दाताबाट लिएर मिर्गौला फेर्नुको विकल्प छैन । विद्यमान नियमअनुसार बिरामीलाई मिर्गौला दान गर्ने व्यक्ति आफ्नो नजिकको नातेदार हुनुपर्छ । ‘मानव अंग प्रत्यारोपण नियमावली २०७२’ अनुसार नजिकको नातेदार भन्नाले बिरामीको श्रीमान्, श्रीमती, दाजु, भाइ, दिदी, बहिनी, आमा, बुबा आदि गरी ५३ थरीका नातालाई जनाउँछ । एक त मिर्गौला दान गर्न मिल्ने दाता पाउनै मुस्किल, पाइहालेमा नजिकको नातेदार हुनुपर्ने हुँदा यस्तो अवस्थामा बिरामी तथा निजको परिवारलाई निकै सकसपूर्ण अवस्था हुन्छ । त्यसैगरी सम्बन्धित स्थानीय निकाय वा वडाबाट नाता प्रमाणित गर्न र अन्य सरकारी तथा कागजी प्रकया पूरा गर्न लामो समय लाग्छ । अत: विद्यमान नियमावलीलाई परिमार्जन गरी नजिकको नातेदारको हद बढाई दुई पुस्तासम्म र मितेरी साइनोलाई समेत समावेश गर्न सकेमा बिरामीलाई ठूलो राहत पुग्ने थियो । विदेश गई प्रत्यारोपण गर्दा बढी रकम दिएर बिचौलियामार्फत दाता खोज्नु पर्ने बाध्यता एकातर्फ छ भने अर्कोतर्फ दाताले कति रकम पाउने भन्ने स्पष्ट हुँदैन । बिरामीले दातालाई दिएको ७०–८० प्रतिशतसम्म रकम बिचौलियाको हातमा पुग्दछ । यदि स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्न सकेमा दाताकै बैंक खातामा रकम जम्मा गर्न सकिन्थ्यो र बिरामीमार्फत दातालाई पुरै पैसा हात पर्थ्यो। नेपालमा मिर्गौला प्रत्यारोपणको लागि सुविधा सम्पन्न अस्पताल तथा सोका लागि चाहिने अत्याधुनिक उपकरण तथा सरसामानहरूको कमी छ । फलस्वरुप धेरै बिरामी मिर्गौला प्रत्यारोपण गर्न बाह्य मुलुकमा जान बाध्य छन् । यसरी बाह्य मुलुकमा जाँदा यातायात खर्च, अस्पतालको खर्च, डाक्टरको पारिश्रमिक, शल्यक्रिया अघि र पछिको लामो बसाइ खर्च, सहयोगी व्यक्तिको खर्च, औषधी आदि गर्दा ठूलो धनराशिको आवश्यकता पर्दछ । एक जना बिरामी बराबर करिब ४०–५० लाख रुपैयाँ लाग्ने हुँदा उक्त रकम देशबाट बाहिरिइरहेको छ । हुनेले त यो रकम जोहो गर्न सक्लान् तर सर्वसाधारणको लागि यो ठूलो धनराशि हो । मिर्गौला रोगीहरूले ब्यहोर्नु परेका समस्या अनगिन्ती छन् । सरकारले उनीहरूको पीडामा मल्हमपट्टी लगाउन ढिला नगरी देशका विभिन्न स्थानमा धेरै संख्यामा अत्याधुनिक उपकरणसहितको सुविधा सम्पन्न अस्पतालको निर्माण गरी मानव अंग प्रत्यारोपण सम्बन्धी वर्तमान नीति नियमलाई सरलीकरण गर्न र मानव अंग प्रत्यारोपण सर्वसुलभ बनाउन नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सरोकार निकायले प्राथमिकतामा राखी विशेष ध्यान दिन जरुरी छ । श्रेष्ठ पञ्चकन्या ग्रुपका अध्यक्ष हुन् ।

मुटु सर्जन, मिर्गौला र कलेजो विशेषज्ञको चरम अभाव

सरकारले समयमै ध्यान नदिने हो भने निकट भविष्यमा मुलुकमा मुटु सर्जन, मिर्गौला र कलेजो विशेषज्ञ जस्ता चिकित्सकको चरम अभाव हुनेछ । चिकित्सा क्षेत्रका यी महत्वपूर्ण विधामा ‘सुपर स्पेसलिस्ट’ बन्न डाक्टरहरूमा किन यतिविघ्न आकर्षण घट्दै गएको हो ?

मिर्गौला प्रत्यारोपणपछि कस्तो खानपान गर्नुपर्छ ?

काठमाडौं । मिर्गौला प्रत्यारोपण शल्यक्रियामार्फत गरिन्छ । शल्यक्रिया गर्दा घाउ भएको हुन्छ । त्यो घाउलाई निको पार्न खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । मिर्गौला प्रत्यारोपणपछि कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, फ्याट, सूक्ष्म पोषकतत्त्व जस्ता सबै पौष्टिक तत्व भएको सन्तुलित खाना खानुपर्छ । प्रत्यारोपण गर्नुअघि धेरै बिरामी डायलाइसिसमा बस्नुपर्ने हुन्छ । डायलाइसिसमा बस्दा शरीरमा प्रोटिनको कमी हुन्छ र […]

के बालबालिकालाई पनि मिर्गौला रोग लाग्छ? अभिभावकले के कुरामा ध्यान दिने?

मिर्गौला रोग भन्ने बित्तिकै आमरुपमा युवा तथा वृद्धवृद्धालाई मात्र लाग्ने रोग भनेर बुझ्ने गरिन्छ। तर, कलिला बालबालिकालाई पनि मिर्गौलाका धेरै रोगले सताएको हुन्छ। कलिलै उमेरमा मिर्गौला फेल भएर कति बालबालिकाले अकालमा ज्यान गुमाउनु परिरहेको छ।

खानपानमा ध्यान दिए यसरी स्वस्थ राख्न सकिन्छ मिर्गौला

बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थाल्नुभएको आठ वर्ष बितिसक्यो । अहिलेसम्म उहाँको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । तुलसीका श्रीमान्ले श्रीमतीलाई मिर्गौला दान गर्न तयार हुनुभयो तर उहाँलाई मधुमेहलगायतका रोग देखिएपछि हालसम्म मिर्गौला प्रत्यारोपण हुन नसकेको हो । विगत आठ वर्षदेखि डायलासिस गराइरहनुभएकी तुलसीका लागि अन्य आफन्तले पनि मिर्गौला दान दिन खोजे पनि मिलेन ।अहिले तुलसी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलासिस गराइरहनुभएको छ । नियमित

दशैंमा मिर्गौला सम्बन्धी समस्या भएकाले यसरी दिनुहोस् खानपानमा ध्यान

दशैंमा हामी सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्दछ । यो समयमा स्वास्थ्य मानिसले भन्दा पनि केही स्वास्थ्य समस्या भएका मनिसले अलिक बढी आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्दछ ।

मिर्गौला सुन्निने समस्या किन हुन्छ ?

मिर्गौलाको प्रमुख काम रगतबाट विकारयुक्त पदार्थ र अतिरिक्त तरल पदार्थ छानेर शरीर बाहिर निकाल्नु हो । आजभोली धेरै मानिसहरु मिर्गौला रोगको शिकार भइरहेका छन् । खानपानमा ध्यान नदिनु, उच्च रक्तचाप, महुमेह आदिको कारणले मिर्गाैलाको समस्या उत्पादन हुन्छ । तर, कहिलेकाँही अन्य केही चिकित्सकिय कारणले पनि मिर्गौैला सुन्निने गर्छ । मिर्गौला सुन्निने समस्यालाई चिकित्सकिय भाषामा ‘ग्लोमेरुलोनेफ्राइटिस’ […]