काठमाडौं । मिर्गौला प्रत्यारोपण शल्यक्रियामार्फत गरिन्छ । शल्यक्रिया गर्दा घाउ भएको हुन्छ । त्यो घाउलाई निको पार्न खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । मिर्गौला प्रत्यारोपणपछि कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, फ्याट, सूक्ष्म पोषकतत्त्व जस्ता सबै पौष्टिक तत्व भएको सन्तुलित खाना खानुपर्छ । प्रत्यारोपण गर्नुअघि धेरै बिरामी डायलाइसिसमा बस्नुपर्ने हुन्छ । डायलाइसिसमा बस्दा शरीरमा प्रोटिनको कमी हुन्छ र […]