काठमाण्डाै – आज (बिहीवार) अन्तर्राष्ट्रिय मिर्गौला दिवस मनाइँदै छ । ‘मिर्गौला रोग लागे पनि राम्ररी जिऔँ’ भन्ने नारासहित यो दिवस मनाउन लागिएको हो । सन् २००६ देखि हरेक वर्षको मार्च ११ मा यो दिवस मनाउन थालिएको हो ।
नेपालमा मिर्गौला रोगका बिरामी हरेक दिन बढिरहेका छन् । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य जाँच नगर्ने बानीले गर्दा मानिसको मिर्गाैलाले काम नगर्ने हुने डाक्टरको भनाइ छ । स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र मानिसहरू स्वास्...