कोरोनाले देखाएको प्रकृति

सन् २०१९ डिसेम्बर ३१ मा चीनको वुहान सहरबाट देखिएको कोरोना भाइरस (कोभिड– १९) ले आज विश्व अर्थतन्त्रमा एक कहालीलाग्दो चुनौती थपिदिएको छ भने यसले मानवजातिमा स्वास्थ्य समस्याका अतिरिक्त मानसिक तनावसमेत थपिदिएको छ । भोकमरी, आर्थिक मन्दी, रोजगारीमा व्यापक कटौती हुने जस्ता समस्या यसले निम्त्याउने प्रष्टरूपमा देखिन थालेको छ । बन्दाबन्दीपश्चात् विश्वका प्रायः सबै देशले आफ्ना उद्योग कलकारखाना बन्द गर्नु, सवारीसाधनको प्रयोगमा उल्लेखनीय रूपले कटौती हुनु, रेल सेवा बन्द हुनु जस्ता कारणले प्रकृतिले पुनः एकपटक लामो सास फेर्न थालेको छ । हालसम्मको अध्ययन विश्लेषणले कोरोना भाइरसको उत्पत्ति मानवले प्रकृतिमाथि गरेको अस्वाभाविक हस्तक्षेपलाई नै लिएको देखिन्छ ।

सम्बन्धित सामग्री

पर्यटन व्यवसायीलाई क्षमता अभिवृद्धि तालिम

स्याङ्जा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा स्याङ्जाको  पुतलीबजार नगरपालिका–९ मा सञ्चालित कोल्मा पोखरीछाप कम्युनिटी होमस्टेका सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । कोरोनाले पर्यटन क्षेत्र प्रभावित भएका अवस्थामा यसको पुनरुत्थानसँगै त्यहाँका होमस्टे सञ्चालकलाई व्यवसाय बढाउन सहयोग गर्ने उद्देश्यका साथ क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको टेवानका अध्यक्ष रेनुु थापाले जानकारी दिए । तालिममा पोखरीछाप कम्युनिटी होमस्टेका ४० जनाको सहभागिता रहेको उनले जानकारी दिए । कार्यक्रमको क्रममा पोखराबाट गएको पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोलीले त्यहाँ सञ्चालित घरवास अवलोकन, दृश्यावलोकनसँगै मिलेनियम ट्रेकको अवस्था लगायत विषयमा जानकारी लिएको उनले बताए । होमस्टे सञ्चालकलाई तलिम दिँदै गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले गाउँका विशेषतालाई पर्यटन बजारमा पुर्‍याउन सक्नुपर्नेमा जोड दिए । गाउँ पर्यटनमा होमस्टे (घरवास)को महत्त्वपूर्ण भूमिका हुने भन्दै उनले राम्रो आतिथ्य, सरसफाइ एवं व्यवहारले पर्यटकलाई आकर्षित गर्न सकिने बताए । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले गाउँका प्रकृति र संस्कृतिलाई पर्यटकीय रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रम संयोजक सरिता क्षेत्री, मिलेनियम ट्रेक व्यवस्थापन समितिका अध्यक्ष नवीनप्रकाश गुरुङ, टेवानका महासचिव शोभा न्यौपाने पाण्डे लगायतले मिलेनियम ट्रेकका आसपासका प्रकृति र संस्कृतिले भरिपूर्ण गाउँलाई पर्यटकीय रूपमा उपयोग गर्न सकेमा यस क्षेत्रकै समृद्धिमा महŒवपूर्ण सफलता हासिल हुने बताए । रासस

पर्यटन पुनरुत्थान समितिको जिम्मेवारी

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर वृद्धि भएसँगै फाट्टफुट्ट देखिएका पर्यटक फेरि हराउन थालेका छन् । अलिअलि भएका बुकिङ पनि रद्द भएका छन् । विगत २ वर्षदेखि पर्यटन व्यवसाय करीब करीब ठप्प छ । कोरोनाले सबैजसो पेशा व्यवसाय प्रभावित भए पनि लामो समयसम्म प्रभाव पारिरहेको क्षेत्रचाहिँ पर्यटन नै हो । कोरोनाकै कारण कतिपय व्यवसायी व्यवसायबाट पलायन भइसकेका छन् भने कतिपयचाहिँ सुधारको अपेक्षामा जसोतसो पेशालाई निरन्तरता दिने काममा लागिरहेका छन् । पर्यटन व्यवसायलाई सरकारले केही राहत दिए पनि त्यो धेरै व्यवसायीका लागि सहज भएन । अहिले गठबन्धनको सरकार बनेपछि पर्यटन पुनरूत्थानका लागि राम गिरीको संयोजकत्वमा पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समिति गठन गरेको छ । पर्यटनमन्त्री प्रेम आलेको अध्यक्षतामा गठित पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिलाई कोभिड–१९ का कारण थला परेको पर्यटन उद्योगको पुनरुत्थान, पर्यटन उद्योगका नयाँ सम्भावनाहरूको खोजी, पहिचान तथा प्रवर्द्धन एवं पर्यटन क्षेत्रमा लगानीको वातावरणका लागि काम गर्न समितिलाई कार्यादेश दिइएको छ । समितिमा अर्थ मन्त्रालयका उपसचिवस्तरका प्रतिनिधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाका उपसचिव, पर्यटन विभागका उपसचिवस्तरका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशी, नेपाल पर्यटन बोर्डको निर्देशक स्तरका प्रतिनिधि, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरू छन् । यसैगरी नेपाल एयरलाइन्सका क्याप्टेनहरू, उद्धव घिमिरे र सुरज भण्डारी, लुम्बिनी संग्रहालयका अध्यक्ष सुनिमा उदास, नेपाल पाटा च्याप्टरका सीईओ सुरेशसिंह बुडेल र सदस्य सचिवमा मन्त्रालयको पर्यटन प्रवर्द्धन शाखाका उपसचिव पनि पर्यटन क्षेत्र पुनरूत्थान प्राविधिक समितिमा छन् । पर्यटनको पुनरुत्थान अहिलेको जल्दाबल्दो समस्या हो । यसका लागि सरकारले अध्ययन अघि बढाउनु राम्रो काम हो । तर, समितिमा चर्चामा आएका र नेपालको समग्र पर्यटन बुझेका व्यक्तिहरू पर्न सकेका छैनन् । त्यस्ता व्यक्तिलाई पनि समेटिएका भए यस्तो समितिको औचित्य बढी देखिन्थ्यो । साथै पर्यटन व्यवसायका वास्तविक समस्या र तिनको समाधानका ठोस उपायबारे सरकारले सही सुझाव प्राप्त गथ्र्यो । अझ पर्यटन व्यवसायीसँग एकपटक अनौपचारिक छलफल गरेर यस्तो समिति बनाएको भए त्यो बढी प्रभावकारी हुने थियो । जस्तो समिति बने पनि सरकार पर्यटन व्यवसायले भोग्नु परेका समस्यामा संवेदनशील छ भन्नेचाहिँ यसले देखाएको छ । पर्यटन उद्योगका नयाँ सम्भावनाहरूको खोजी, पहिचान तथा प्रवर्द्धन एवं पर्यटन क्षेत्रमा लगानीको वातावरणका लागि काम गर्ने जिम्मा समितिले पाएको छ । आशा गरौं, समितिले पक्कै पनि केही ठोस र व्यावहारिक सुझाव देला । यस्तो सुझावको कार्यान्वयन भयो भने पक्कै पर्यटन क्षेत्रले केही लाभ लिनेछ । तर, यस्ता सुझावहरू कार्यान्वयनमा नगएका विगतमा तीता अनुभवहरू छन् । हुँदैन नभन्ने तर कामचाहिँ नगरिदिने प्रवृत्ति सरकारी संयन्त्रमा सधैं देखिँदै आएको छ । आजसम्म पर्यटन क्षेत्रमा क्रियाशील संघसंस्थाहरूले विभिन्न समस्या सरकारी अधिकारीहरूसमक्ष नराखेका होइनन् । आश्वासन पनि नपाएका होइनन् तर काम भने खासै हुन सकेको देखिँदैन । यो समिति पनि यस्तो नबनोस् भन्नेमा समितिमा बस्ने सदस्यहरू र सरकार आफै पनि प्रतिबद्ध हुन जरुरी छ । कोरोनाका नयाँ नयाँ भेरियन्ट आइरहने देखिएका हुँदा अब कोभिडसँगसँगै पर्यटनलाई अगाडि बढाउनुको विकल्प नभएकाले स्वास्थ्य मापदण्डको पालना गरी पर्यटन बजार तंग्रिने गरी सरकारले नीति तर्जुमा गर्नुपर्ने देखिन्छ । कोरोना महामारीपछि पर्यटन क्षेत्रमा लगाइएको असहजता हटाउँदै खुला गरिनुपर्छ । नेपालका प्रायःजसो सबै मुख्य गन्तव्यमा कोभिडविरुद्धको खोप लगाउने दर उच्च रहेको र अग्रपंक्तिमा सेवा दिने सबै पर्यटनकर्मीले उक्त खोपको मात्रा पूरा गरिसकेकोे सन्दर्भमा पर्यटन क्षेत्रलाई चलायमान बन्ने क्रममा रहेको छ । पूर्ण डोज खोप लगाएका पर्यटकलाई क्वारेन्टाइनमा बस्नु नपर्ने, पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने निर्णय पछिल्लो समय सरकारले गरेका सकारात्मक पहल हुन् । सुरक्षित गन्तव्य र गतिविधिहरू पहिचान गरी प्रचारप्रसार गर्न आवश्यक छ । लामो समय पर्यटन क्षेत्र चलायमान नहुँदा यो क्षेत्रको रोजगारी, लगानी, यसमा रहेका पूर्वाधार जोखिममा परेको छ । पूर्ण खोपको मात्रा लगाएको सुनिश्चित गरेर पर्यटन बजारमा सुरक्षित पर्यटन क्षेत्र भनेर सकारात्मक सन्देश प्रवाह गर्न सकेको खण्डमा पर्यटक आगमन बढ्न सक्छ । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) कोभिडले सन् २०२१ मा गरेको अध्ययनअनुसार २ लाख ३० हजारको रोजगारी जोखिममा परेको, २० हजार टुर र ट्रेकिङ गाइडहरू बेरोजगार भएको र २ हजार ६ सय ट्रेकिङ एजेन्सीमा असर पर्दा करीब ५३ करोड अर्थात् ४ सय ६० मिलियन डलर बराबरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) गुमेको छ । त्यसैले पर्यटन बजारलाई चलायमान बनाउन विशेष अभियान आवश्यक छ । आन्तरिक पर्यटन तत्कालका लागि राहत हो । विदेशी पर्यटक नआएसम्म पर्यटन पुरानै लयमा फर्कन सक्दैन । अझ अहिले पर्यटन व्यवसायमा नेपालको प्रतिस्पर्धा अन्य मुलुकसँग बढेर गएको छ । भारत, चीन, माल्दिभ्सलगायत देशसँग प्रतिस्पर्धा छ । त्यसैले पर्यटक आगमनलाई जति सकिन्छ छिटो सहज बनाइनुपर्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नै एन्टिजेन, पीसीआर परीक्षण गर्ने व्यवस्था गरेर संक्रमण नदेखिएका पर्यटकलाई सहजै नेपालमा घुम्न दिने व्यवस्था गर्न आवश्यक छ । नेपालको प्रमुख पर्यटकीय प्रडक्ट प्रकृति नै हो । यहाँ पर्यटकको ठूलो भीडभाड नहुने गरी गतिविधि हुने गरेको छ । यस्तोमा संक्रमणकै अवस्थामा पनि पर्यटक आगमन हुन सक्छ । यूरोप अमेरिकातिरको प्रवृत्ति हेर्दा संक्रमणको बेवास्ता गर्दै पर्यटक घुम्न निस्किएको पाइन्छ । भ्याक्सिनको प्रमाणपत्र र कोरोना नेगेटिभको रिपोर्ट हेरेर उनीहरूले सबै पर्यटक गतिविधि खुला राखेका छन् । हामीले पनि त्यस्तै गर्नुपर्छ । नेपालको प्रचार राम्रो छ । तर, त्यो प्रचारलाई पर्यटनको बजारीकरणसँग जोड्न सकिएको छैन । प्रचार हुनु र बजारीकरणमा फरक छ । नयाँ रणनीतिका साथ बजारीकरण गर्नु आवश्यक छ । सरकारले झन्झटरहित यात्रा गराउन सकेको खण्डमा अझ राम्रो हुँदै जानेछ । अबसबै देशले पर्यटकको प्रचारप्रचारमा काम गरिरहेका छन्, हामीले पनि हाम्रो स्रोत बजारमा प्रचारप्रचारमा लाग्नु नै अबको रणनीति हुनुपर्छ । लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

तिहारको शुभकामना

नेपालीहरूको दशैंपछिको दोस्रो महान् चाड तिहार नेपालीको घर आँगनमा आइसकेको छ । ज्योतिको पर्वका रूपमा मनाइदिने ५ दिनसम्म मनाइने तिहार, दीपावली, म्हपूजा, आदि पर्वको मिश्रित रूप हो । क्षेत्रगत र जातिगत रूपमा केही भिन्न स्वरूपमा यो पर्व मनाइए पनि यसले नेपालको सांस्कृतिक विशेषतालाई नै उजागर गर्छ । तिहारमा गाउँका धेरै उत्पादनले बजार पाउँछन् । फलफूलमात्र होइन, माटो र माटोबाट बनेका पालाले समेत कुनै न कुनै रूपमा स्थानीय अर्थतन्त्रलाई विस्तार गर्न मद्दत गरेको पाइन्छ । तिहार प्रकृतिसँग नजिक हुने पर्व हो । एकप्रकारले वातावरणलाई धन्यवाद दिने पर्व हो । यस पर्वमा मानव जीवनसँग गाँसिएका कुकुर, काग, गाई, गोरु आदिको पूजा गरिन्छ भने गोवर्धन पर्वतको पूजा पनि गरिन्छ । द्वापर युगमा श्रीकृष्णले इन्द्रलाई छाडेर जीवनको प्रत्येक कार्यमा साथ दिने गोवर्धन पर्वतलाई पूजा गर्न लगाएको पौराणिक प्रसंगले पनि तिहार र प्रकृति तथा वातावरणको सम्बन्धलाई नै प्रतीकात्मक रूपमा देखाएको पाइन्छ । यसै पनि चाडपर्व र संस्कृति भनेका मानिसका जीवनशैलीसँग गाँसिएका पक्ष हुन् । मनिसको जीवनमा सकारात्मक ऊर्जा भरिदिने र मानिसका सम्बन्धहरूमा प्रगाढता ल्याउने हुँदा यिनको महत्त्व विशेष छ । त्यसो त चाडपर्वले अर्थतन्त्रमा दिने योगदानलाई बिर्सन सकिँदैन । दशैं र तिहार नजिकै भएकाले यी दुई चाडपर्वमा आर्थिक क्रियाकलापले निकै गति लिएको पाइन्छ । कोरोनाले सुस्त भएको अर्थतन्त्रलाई गति दिन पनि यो चाडले सहयोग पुर्‍याएको छ । त्यतिमात्र होइन, तिहारमा गाउँका धेरै उत्पादनले बजार पाउँछन् । फलफूलमात्र होइन, माटो र माटोबाट बनेका पालाले समेत कुनै न कुनै रूपमा स्थानीय अर्थतन्त्रलाई विस्तार गर्न मद्दत गरेको पाइन्छ । साथै, अर्को एउटा दुःखद पक्ष पनि छ । त्यो हो, तिहारमा बालिने झिलिमिली बत्तीका लागि ठूलो रकम विदेशिनु । तिहारको सम्बन्ध वातावरणसँग जोडिएकै बेला विश्वको वातावरणका मुद्दामा छलफल गर्न कोप २६ सम्मेलन बेलायतको ग्लोस्गोमा भइरहेको छ जहाँ नेपालले पनि सहभागिता जनाएको छ । विकसित मुुलुकका कारण नेपालले वातावरण प्रदूषणबाट जन्मिने असर बढी भोग्नु परिरहेको छ जुन वातावरण प्रदूषणका लागि नेपाल जिम्मेवार छैन । त्यसैले यस सम्बन्धमा नेपालले स्पष्ट आवाज त उठाएको छ । तर, त्यसको सुनुवाइ विकसित मुलुकले गर्नेमा भने आशंका नै छ । तिहारको झिलिमिलीकै समयमा नेपालबाट बिजुली निर्यात हुन थालेको छ । दीपोत्सवको पर्वमा नै यो शुरू भएको छ जसलाई सानो भए पनि निकै सकारात्मक कदम मान्न सकिन्छ । दीपावलीको सेरोफेरोमा यो शुरू भएकाले धार्मिक विश्वासका आधारमा यसलाई शुभसंकेत मान्न पनि सकिन्छ । बिजुली निर्यातलाई कतिपयले ठूलो उपलब्धि मानेका छन् । तर, त्यस्तो ठूलो उपलब्धि भने होइन यद्यपि ऐतिहासिक भने हो । यो सानो प्रगति हो जसले भविष्यमा सम्भावनाको ठूलो ढोका खोल्न सक्छ । अहिले भारतले आफूले लगानी गरेको कम्पनीबाट मात्रै बिजुली किनेको छ । हाम्रो कूटनीतिलाई अझ अघि बढाएर अन्य प्रोजेक्टको बिजुली पनि विक्री गर्ने वातावरण बनाइनु पर्छ । चिनियाँ लगानीका बिजुली किन्न मनाउन तत्काल गाह्रो होला तर नेपाली प्रवर्द्धकका बिजुली विक्री गर्ने वातावरण बनाउन नेपालले कूटनीतिक पहल गर्नु आवश्यक छ । विगतका समयमा भन्दा अहिले भारत केही लचिलो बनिरहेको सन्दर्भमा कूटनीतिक सक्रियता र चातुर्य देखाउन सके बढी लाभ लिन सकिन्छ । त्यसो त अहिले भारतलाई सस्तोमा बिजुली बेच्यो भनेर प्राधिकरणको आलोचना गर्नेको संख्या पनि कम छैन । महँगोमा किनेर भारतलाई सस्तोमा बेचेको भन्दै त्योभन्दा महँगोमा नेपाली उद्योगहरूलाई बेच्न सकिने तर्क गरिएको पाइन्छ । तर, के बिर्सनु हुँदैन भने नेपालीलाई नदिएर भारतलाई बिजुली बेचेको होइन, खेर गएको बिजुलीमात्र बेचेको हो । वर्षायाममा सस्तोमा बेच्ने र हिउँदमा महँगोमा किन्ने गर्दा पनि समग्रमा मुलुकलाई फाइदा नै हुन्छ । जेहोस् उज्यालो पर्वले नेपालीहरूको जीवनमा सुख, शान्ति र ऐश्वर्य ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।

कोरोना संक्रमणका लक्षण बदलिए

कोरोना भाइरसका लक्षण बदलिएका छन् । संक्रमितको प्रकृति हेरेर लक्षण पनि बदलिएका हुन् । सन् २०१९ को डिसेम्बरको अन्तिममा चीनको वुहानबाट शुरु भएको कोरोनाले लामो समयसम्म विश्वलाई अत्यासमा पारिरहँदा उसका लक्षण पनि बदलिएका हुन् ।

कोरोनाले उजाडेको छत

धेरै दिनपछि आज काठमाडौंमा चहकिलो घाम लागेको छ । मौसम सफा छ, आज । करिब एक हप्ता लामो समय रहेको त्यो आकाशको कालो बादल आज फाटेको छ । मानौँ, प्रकृति पनि खुसी छिन् । अनि, यो निषेधाज्ञाका बीचमा यो ठूलो खाली सडकको छेउमा उभिएकी छु म । म सुनिरहेकी छु– निषेधाज्ञाको...

नयाँ विधा - आँचल (नारी साक्षात् देवी )

नारी साक्षात् देवी हाम्री प्राकृतिक हुन् त्रिमूर्ति आमा,चेली, पत्नी लालीमय प्रेमको प्रकृति । कैदी बनायो है मान्छे कोरोनाले विषाणुले चुनौती थपियो प्राकृतिक् सन्तुलन विरुद्ध ।

ग्रामीणीकरण र आत्मनिर्भरता

भूकम्पले घरबाहिर लखेट्यो । कोरोनाले घरभित्रै कँज्याइदियो । आखिर प्रकृति मानिसभन्दा बलियो नै हो । कोरोनारूपी विषाणु पनि प्रकृतिको रचना हो । आज कसले कसलाई रोग सारिदियो भनेर बहस गर्नुको तुक छैन । यो त सचेत भएर जोगिनुपर्ने समय हो । हामी जब अप्ठ्यारोमा हुन्छौँ, हामीलाई जति भौतिक उन्नति गरे पनि, विकास भएको भए पनि प्रकृति नै प्यारो लाग्छ । भित्री चाहनालाई हेर्दा मानिसको रहरले अब विकेन्द्रीकृत पद्धतिसँग ग्रामीण जीवनशैलीको माग गर्दै छ । सहरी सुविधाका साथमा ग्रामीण जीवनशैलीको अपेक्षा हामीलाई छ ।

कोरोनाले वातावरण संरक्षण गर्न सिकायो

काठमाडौँ । कोरोनाले वातावरण संरक्षण गर्न सिकाएको सरोकारावालाले जोड दिएका छन् । तराई विकास तथा संचार केन्द्र, नेपालले काठमाडौ महानगरपालिकाको सहकार्यमा आइतबार काठमाडौमा गरेको ‘मानविय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध विषयक’ कार्यक्रममा उनीहरुले वातावरण संरक्षण मानिस स्वयंले गर्नुपर्ने बताएका छन । काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले कोरोना भाइरस जस्तो महामारीले प्रकृति मानिस कसरी वस्नु …